• उर्लाबारी, ३ असोज

    उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लि.ले १२ औं साधारणसभाको अवसरमा जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ ।
    सोमबार भएको साधारणसभाको अवसरमा जेष्ठ सदस्य होमनाथ लुईटेल, जनक खड्का, कमलकुमार सुब्बा, तेजप्रसाख चम्लागाई, शेरबहादुर दर्जी र केदार सिंह राईलाई सम्मान गरिएको हो । त्यस्तै, सोही अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई पुरस्कृत गरिएको छ । धितो ऋणतर्फ कमलादेबी पौडेल (अधिकारी), राधिका अधिकारी, दायित्व ऋणतर्फ पदमकुमारी अधिकारी, सिफापिरस ऋणतर्फ कुमार सुवेदी र सपना कार्कीलाई पुरस्कृत गरिएको छ ।

     

    त्यस्तै, बाल बचततर्फ लेकिसा तामाङ प्रथम, इसान्त भट्टराई र मिसन भट्टराई दोस्रो र मनिसा भूर्तेल तेस्रो भए । बाल बचततर्फ अनमोल काफ्ले र अमृत काफ्ले चौथो, युसिा भण्डारी पाँचौ, ऋतिका आपागाई छैठौं, जेनिशा भण्डारी सातौं, धार्मिक पौडेल आठौं, सञ्जिब कार्की नवौं र विकास कार्की दशौं भएको संस्थाका ब्यवस्थापक महेन्द्रप्रसाद दाहालले जानकारी दिएका छन् । उक्त सहकारीमा ८ सय १ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी ७० लाख ९४ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा संस्थापक अध्यक्ष एबं प्रमुख सल्लाहकार गोपालप्रसाद घिमिरेलगायतले बोलेका थिए । संस्थाका अध्यक्ष तुलाराम घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रम सचिब गुरुप्रसाद पोख्रेलले सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …