• झापा । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको  काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा पहिलो दिन सलकपुरमा बास बस्ने भएको छ । 
     ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्राको उद्घाटन झापा क्षेत्र नम्बर १ का सांसद राम कार्कीले शुक्रवार बिहान पर्यटन कार्यालय परिसरमा विरुवा रोपेर गरेका थए । काँकरभिट्टाबाट सुरु भएको उक्त पदयात्रा रोङ गाउँपालिकाको सलकपुरमा गएर बास बस्ने छन् । 


    पदयात्रामा नेपाल, भारत, बंगलादेश र भुटानका ७० जना पर्यटनविज्ञको सहभागिता रहेको छ । साथमा राष्ट्रिय कलाकार राजा राजेन्द्र समेत सहभागि छन् । काँकरभिट्टाबाट शुरु भएको तीन दिवसीय पदयात्राको दोस्रो दिन श्रीअन्तु पुग्ने तथा तेस्रो दिन बिहान सूर्योदयको दृश्यावलोकन गरी समाप्त हुनेछ ।पदयात्रा बाहुनडाँगी बजार–मिनिमाउण्टेन–कृष्णथुम्की हुँदै सकलपुर र सलकपुरबाट सिद्धिखोला र मेची खोलाको दोभानमा सामूहिक स्नान गरी सुङतुङ हुँदै श्रीअन्तु पुगेर समाप्त हुने आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो । 
    ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुनकुमार कार्कीले सो पदमार्गमा रहेको जैविक विविधता र मेची करिडोरको अध्ययन गर्न पदयात्रा गर्न लागिएको बताउनु भयो ।  उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती, ग्रामिण पर्यटनका अभियान्ता सुप्रितम राज बशु, इलाका प्रहरीका कार्यलय काँकरभिट्टाका डीएसपी टंकमणि भट्टराई, सशस्त्र प्रहरीका डीएसपी दिनेश बस्नेतलगायतले पदयात्राको सफलताको शुभकामना दिएका थिए । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…