• उर्लाबारी । मोरङ प्रहरीले अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार प्रतिवादी मोरङ उर्लाबारीका सुशन लिम्बूलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका उर्लाबारी नगरपालिका–५ का ३४ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूलाई मंगलबार राति ९ः३० बजेतिर पक्राउ पक्राउ गरेको हो  । 
    अदालतले दोषी ठहर गरेको चार वर्षपछि लिम्बू पक्राउ परेका हुन् । जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई नौ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 


    विशाल ढुंगेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहर भएका प्रतिवादी हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार लिम्बूलाई उर्लाबारी–४ आइतबारेबाट नियन्त्रणमा लिएर बुधबार झापा अदालतमा बुझाइएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिसकेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…