• उर्लाबारी ।   उर्लाबारी–५ स्थित हाम्रो वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा डिवी थापा सर्वसम्मत् चयन हुनुभएको छ ।
    भोलि (असोज ५ गते) हुने २१ औं चुनावी साधारणसभा हुने भएपनि मंगलबार भएको उम्मेद्वारी मनोनयनमा अध्यक्ष पदमा थापाको मात्र उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत् चयन हुनुभएको हो । थापा यस क्षेत्रकै शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्छ ।
    मंगलबार भएको मनोनयनमा पदाधिकारी, लेखा समिति तथा दुई महिला सदस्यमा सहमति भएपनि चार जना खुला सदस्यमा भने सहमति हुन सकेन । संस्थाको उपाध्यक्षमा इन्दिरा राई, सचिवमा राम बुढाथोकी, सहसचिवमा पुष्पलाल ढकाल र कोषाध्यक्षमा मुक्तिनाथ दहाल चयन हुनुभएको छ । यस्तै, महिला सदस्यमा हिमादेवी राई र निर्मला गौतम सर्वसम्मत् चयन भएका छन् । लेखा समिति संयोजकमा बृन्दा पौडेल निरौला तथा सदस्यहरुमा शिव निरौला र दिनेश पौडेल छानिएका छन् ।
    थप चार जना सदस्यका लागि भने १० जनाको उम्मेद्वारी परेको छ । सर्वसम्मत्को प्रयास गरेपनि त्यो सम्भव हुन सकेको छैन । सदस्य पदमा गोविन्द पोख्रेल, मनोरथ भण्डारी, रेवन्तकुमार आचार्य, ज्ञानेन्द्र भट्टराई, गणेश दुलाल, मोतिलाल परियार, ताराबहादुर खड्का, डिल्लीप्रसाद काफ्ले, कुमार धिमाल र छयानाथ ढुंगानाले उम्मेद्वारी दिएका छन् । सदस्य पदमा सहमति हुन नसके विहीबार मतदान हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …