• काठमाडौं, वैशाख १७

    नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

    दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक गर्दै आए पनि नयाँ पार्टीमा अधिकार बाँडफाँटका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न नसकेको हो ।

    दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

    एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो ।

    एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बन्न पुगेको छ ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…