• काठमाडौँ, वैशाख १८ गते । नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

    तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिनुभयो ।

    प्रशिक्षण कार्यक्रममा सहभागी हुन तरुण दलले सम्पूर्ण गाउँ, नगर तथा जिल्लाका तरुणलाई आग्रहसमेत गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…