• मोरङ । भोलीहुने आम हड्ताल सफल पार्न नेकपा प्रचण्ड–नेपाल पक्षले मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा आज साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । 

    पथरी बहुमुखि क्याम्पस छेउबाट निस्केको राँके जुलुस बजार बरिक्रमा गर्दै लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिनत भएको थियो । 

    प्रतिनिधि सभा स्थापित गर, भ्रष्टचारी सरकार मुर्दाबाद, आम हड्ताल सफल पारौ, निरंकुश ओली सरकार मुर्दाबाद, वीर सहिदहरु लाल सलाम लगायतको नारा लगाउदै बजार परिक्रमा गरेका थिए । 

    जुलुस सुरुहुनु अघि पार्टी जिल्ला सदस्य तथा संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगर ईन्चार्ज दिनानाथ तिम्सिनाले बोलेका थिए भने समापन लोकतान्त्रिक चौकमा जिल्ला सदस्य टंक भण्डारीले सम्बोधन गरेका थिए । चण्डीप्रसाद राईले ओली तानाशाही भएको भन्दै पूर्ब ज्ञानेन्द्र शाहाको भन्दा हालत हुने चेतावनी दिएका थिए । दिनानाथ तिम्सिनाले संविधान कू विरुद्धको आन्दोलनमा आम जनता सहभागि हुन आव्हान गरे । संसद पुन स्थापना नभएसम्म निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । 

     टंक भण्डारीले केपी ओली लाल गद्दार भएको टिप्पनी गर्दै संसद बिघटन गरेर जनताप्रति अपराधि गरेको बताए । उनले ओली समूहले गरेको कार्यक्रम आधिकारिक नभएको र २८ गते काठमाडौमा हुने बृहत जनसभा पार्टीको भएको बताएका थिए । साँझ करिब ६ बजे निस्केको राँके जुलुस प्रदर्शनमा करिव ५ सय नेता कार्यकर्ता सहभागि भएका थिए । 

    सरकारले नेपालको संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा काठमाडौंमा पत्रकार सम्मेलन मार्फत भोली बिहिबार देश ब्यापी आम हड्तालको घोषणा गरेको हो ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…