• सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ ।

    यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो । अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित हुन्छन् । यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न नसकिने शुक्रकिट हो ।

    स्खलन हुँदा शुक्राणु वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै हुँदैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन । यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ ।

    अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही फरक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव प¥यो भने शुक्राणु उत्पादनमा ¥हास आउन सक्छ । जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु, क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ ।

    किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ । यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने दीर्घकालीन रुपमा हुन सक्छ ।  जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ ।

    रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ । यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ । यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् ।

    धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु पनि ठीक हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पु¥याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पु¥याउने खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु हो । परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम गरिन्छ । अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् ।

    यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पु¥याउनु हो । भ्याक्सेटोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने–आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य (तरल पदार्थ मात्र) सदाझैं स्खलन हुने काम हुन्छ र वीर्यसँगै शुक्रकिट भने हुँदैन । यसले गर्दा गर्भधारण हुन सक्दैन ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…