• श्रीमती महिनावारी हुदा यी कुरामा ध्यान दिनुहोस अरुलाई पनि जानकारी दिलाउन सियर गरौ … महिनावारी हुँदा आममहिलामा विभिन्न शारीरिक साथै मानसिक पीडा पनि हुन्छ । त्यसक्रममा महिलाले आफ्नो पुरुष साथीबाट सहयोग र विशेष सहानुभूतिको अपेक्षा गरेका हुन्छन् । यदि त्यसो भए उनीहरूले निकै रातह अनुभूत गर्ने विभिन्न अध्ययनबाट पनि पत्ता लागेको छ ।
    महिनावारीक्रममा पुरुषले के गर्ने ?
    बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधिको रूपमा व्यवहार गलत हो ।
    महिलाले यस्तो बेला किचनमा जान नहुने, खानपिनका वस्तु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार नभएको पनि उनी बताउँछिन् ।
    पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।
    मुडलाई बुझ्नुहोस्
    महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्छ । उनको मुड बुझेर आपसी सहयोग गर्नुहोस् । मिठो बोल्नुहोस् ।
    हट वाटर ब्याग दिनु उत्तम
    महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा मानिन्छ । हट वाटर ब्यागमार्फत् पेट दुखाइबाट धेरे हदसम्म राहत मिल्छ । यसको व्यवस्था गर्नुपर्छ ।
    डार्क चकलेट खुवाउनुहोस्
    डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मुड खुलाउँछ भन्ने विज्ञहरू बताउँछन् ।
    तरकारी र फलफूलमा विशेष जोड
    केरा, मेवालगायत फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्छ । यस्तो बेला अन्य समयमा भन्दा बढी नै तरकारी तथा फलफूल खुवाउनुपर्छ ।
    मसाज गर्नु फाइदाजनक
    महिनावारीको समयमा महिलालाई कम्मर दुख्नेलगायत समस्या हुने आउनसक्छन् । त्यसो भए तपाईंले हल्का हातको मसाज गरिदिनुस्, उनलाई निकै राहत मिल्छ ।
    व्यायाम गराउनुहोस्
    हलुका व्यायाम वा योगाबाट पेट र ढाड दुखाइबाट राहत प्राप्त हुन्छ । यसमा पनि ध्यान दिए राम्रो मानिन्छ ।
    धेरै पानी पिउन लगाउनुहोस्
    महिनावारी हुँदा शरीरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने बताइन्छ । तसर्थ, पानीको मात्र धेरै हुनु आवश्यक हुन्छ ।
    आराम गर्न दिनुहोस्
    महिलालाई महिनावारी हुँदा धेरै काम नलगाउनुहोस् । यस्तो बेला बढीभन्दा बढी आराम चाहिन्छ ।
    चिया–कफी वा मसालेदार खानेकुरा बेठीक
    मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउँछ । यस्ता खानेकुरा महिनावारीको समयमा नदिनु राम्रो ।
    डाक्टरलाई भेट्नुहोस्
    यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानु बुद्धिमतापूर्ण हुन्छ ।

    @सरोकार धादिङ्ग बाट

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…