• काठमाडौं –

    अभिनेत्री सुष्मा कार्की यतिखेर सांगीतिक कार्यक्रमको सिलसिलामा लण्डनमा छिन्। लण्डन घुमघामको क्रममा मंगलबार एक स्टोरमा बलिउड अभिनेता सलमान खानसँग जम्काभेटको फोटो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइन्।

    ‘माइ लभ’ क्याप्सनसहित राखिएको उक्त फोटोमा मिश्रित प्रतिक्रिया आएपछि उनले प्रतिउत्तर दिदैं लेखेकी छिन्,‘राम्रो कमेन्ट गर्नेलाई थ्याङ्क यू सो मच, नराम्रो कमेन्ट गर्नेलाई फ***यू।’

    गत साता गायक कालीप्रसाद बास्कोटा र हेमन्त राना लगायतको टोलीसहित अभिनेत्री कार्की लण्डन पुगेकी थिइन्। दशैंको अवसरमा आयोजना हुन लागेको ‘दशैं धमाका’ कार्यक्रम अन्तर्गत अभिनेत्री कार्की हाल लण्डन घुमघाम र सांगीतिक कार्यक्रममा व्यस्त छिन् ।

    श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘दशैं धमाका’ नामक कार्यक्रम अन्तर्गत अभिनेत्री कार्कीसहितको टोलीले आगामी  शनिबार रेडिङस्थित किन्की कोलामा सांगीतिक कार्यक्रम गर्दैछ ।

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…