• दिनेश खड्का

    जेठ ०३, विराटनगर    नेपालमा मौलाएको आर्थिक विकृतीलाई भष्ट्रचार भन्न नमिल्ने पुर्व क्षेत्रका उद्योगी एवं टिप्पणीकार अरुण राठीको धारणा छ । मुलुकको अर्थतन्त्र र सविृद्धिको सकारात्मक र नकारत्मक दुवै पाटोलाई बेला बेला व्यक्तवय र लेख मार्फत टिप्पणी गरिरहने उनी, राठी गु्रपका डाईरेक्टर समेत हुन् । उनले भर्खरै विजनेश प्लस टिभिद्धारा प्रसारीत एक कार्यक्रममा अन्र्तर्वाता दिदै नेपालमा व्याप्त रहेको भष्ट्रचार र विकृत कर्मचारी प्रवितृवारे चोटिलो टिप्पणी गरेका छन् । अन्र्तवर्तामा राठीले भनेका छन् ''चोखो कर्मचारी अहिले नेपालमा टर्च लिएर खोज्नु पर्छ , अकुत सम्पत्ति कमाउने विकृत मानषिकताको साथ सरकारी सेवामा प्रवेश गर्ने होडले पुरै व्यवस्था नै बिग्रएको हो ।'' उनीको अनुसार नेपालमा मौलाएको आर्थिक विकृत भष्ट्रचार नभएर प्रष्टचारको शंकेत हो । नेपालमा कुन कुन अड्डामा घुस लिईन्छ, आम जनतालाई देखि प्रधानमन्त्रिलाई सम्म थाह छ । भट्चार त अण्डर टेवल हुन्छ, लुकाएर हुन्छ, लिने दिनेलाई लाज लाग्छ तर यहा त सर्ब प्रष्ट छ, त्यसैले यस्तो प्रवृतिलाई भष्ट्रचार भन्न नमिल्ने उनको भनाई थियो । वर्तालापमा उनी भन्दैथिए ''जुनै पनि सरकारी अड्डा पनि फिक्स रेट छ, भन्सारमा कुन अधिकृतलाई कति कशिमन, मोटरसाईकलको लाईसन्नको कति, चारचक्केको कति, मालपोल अदि सवैमा फिक्स रेट छ । त्यसलाई चिर्न सरकार लाग्नुपर्छ ।''

    राठीले समास्या मात्र राखेनन् त्यस्को निवारण सुत्र समेत कार्यक्रमा बताएको थिए । राठीको अनुसार भष्ट्रचारलाई नियन्त्रण गर्न भौतिक पैशा बन्द गरि डिजिटल मनी विस्तार गरिनु पर्छ । उनी भन्छन ''पैशा सवै इलेक्टो्रनिक डिजिटल भए कुनैपनि कर्मचारीको खातामा आकाशमिक पैशा जम्मा भए, सरकारलाई त्यसको स्रोत वारे थाह हुन जान्छ । जस्ले ९९ प्रतिशत भष्ट्रचार अन्तय गराउन मद्दत पुर्‍याउछ ।'' पश्चायत मुलुकमा भष्ट्रचारको न्युन हुनुमा डिजिटल ईकोनोमीले भुमिका खेलको उनले उद्दाहरण समेत प्रस्तुत गरेका थिए । भष्ट्रचार विरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशलको प्रतिवेदनमा नेपाल १ सय ७४ मुलुक मध्ये १ सय २६औं स्थानमा रहेको छ ।

    यो अन्र्तवार्ता यस लिंकमा किलिक गरी हेर्नसक्नु हुन्छ : https://www.youtube.com/watch?v=aQ1djlr9r2c

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …