• उर्लाबारी /मोरङको मिक्लाजुङ गाउँपालिकाले आज एक कार्यक्रमका बीच बजेट सार्वजनिक गरेको छ । सो गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ का लागि ३० करोड १३ लाख ३३ हजार आठ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
    सार्वजनिक निर्माणतर्फ १७ करोड ८५ लाख आठ हजार, भवन निर्माणतर्फ तीन करोड ५० लाख, पुँजिगत खर्चतर्फ पाँच करोड ४१ लाख ७५ हजार आठ रुपैयाँ, चालु तथा प्रशासनिक खर्चतर्फ तीन करोड ७९ लाख र गत बर्षको भुक्तानीका लागि ३४ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो ।
    सो गाउँपालिकाले नेपाल सरकारको अनुदान २७ करोड ६८ लाख ३० हजार, नेपाल सरकारबाट सशर्त चालु अनुदान आठ करोड ७३ लाख ५० हजार, राजश्व बाँडफाँडबाट ५३ लाख, रजिष्ट्रेशन बाँडफाँडबाट तीन लाख, ढुङ्गा–बालुवा–गिट्टीबाट ५० लाख, गत बर्षको मौज्दात एक करोड १२ लाख ७३ हजार ६९८ र आन्तरिक स्रोतबाट ७९ लाख २९ हजार ३१० रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको आचार्यले जानकारी दिनुभयो ।
    सो गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनका लागि आठ करोड ७३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने प्रत्येक वडा विकासका लागि बजेट छुट्टयाएको छ । वडा नं.१,२,४ र ६ को लागि ६० लाख तथा वडा नं.३,५,७,८ र ९ का लागि ५२ लाख रुपैयाँका दरले सिलिङ गरिएको आचार्यले जानकारी दिनुभयो ।
    सो गाउँपालिकाले कृषि, पर्यटन र सिँचाईका लागि एक करोड ३५ लाख आठ हजार र मधुमल्लाको छबी चोकदेखि असारे हुँदै आइतबारे रमितेखोला सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …