• दशैंका बेला काठमाडौंबाट घर जाने क्रममा धेरै मानिसलाई वान्ता हुने समस्याले सताउने गर्छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईंले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ ।

    वान्ता रोक्ने औषधि

    कतिपय मनिसलाई लामो दूरीको यात्रामा बान्ता हुने गर्छ । जसका कारण मोसन सिकनेस, हावाको सिकनेस आदि हुन सक्छ । यदि कसैलाई मोसनको समस्या वा वान्ता आउने समस्या छ भने ओन्डेमलगायका औषधिको प्रयोगबाट यो समस्यालाई रोक्न सकिन्छ । यस्ता औषधि यात्रा गर्नुपूर्व करिब आधा घण्टा अगाडि सेवन गर्नुपर्छ । यसले वान्ता आउन नदिनुका साथै तपाईंलाई निद्रा लगाउँछ ।

    मास्क

    मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य छ । त्यसबाहेक, धुलोधुवा, रुघाखोकी, भाइरल लगायत विभिन्नखाले संक्रमणजन्य रोगबाट बच्न मास्ककोे प्रयोग अनिवार्य छ । भीडभाडमा मास्कको प्रयोगले तपाई विभिन्नखाले संक्रमणबाट जोगाउनुुका साथै धुलोधुवाँका कारण स्वासप्रस्वास सम्बन्ध समस्या हुन दिदैन ।

    पखाला रोक्ने औषधि

    बसमा लामो दुरीको यात्रा गर्दा अचानक पेट सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । विशेषगरी पखाला लाग्दा वा तारन्तार दिशा लागेमा तथा अचानक पेट दुखेमा यात्रा कष्टकर बन्न सक्छ । त्यसको रोकथामका लागि पखाला रोक्ने तथा पेटको दुखाई कम गर्ने औषधी साथमा राख्नुपर्छ ।

    अस्पताल तथा हेल्थ पोष्ट नजिकै नभएको ठाउँमा पखाला लाग्दा जीवनजल तथा इलेक्ट्रोवियनले अमृतको रुपमा काम गर्छ । यसले शरीरमा पानी मात्रालाई कम हुन दिँदैन र शरीरमा तागत कायम गर्छ ।

    एलर्जीको औषधि

    यात्राका क्रममा कयौ मानिसहरुले एलर्जीको समस्या भोग्ने गर्छन् । एलर्जीका कारण यात्रा कष्टकर बन्न सक्छ । यो समस्याबाट बच्न ‘सिट्रोजिन’ नामक औषधी राम्रो विकल्प बन्न सक्छ ।

    पेट दुखेको औषधि

    कतिपय मानिसहरु यात्राका क्रममा खाइराख्न मन पराउँछन् । तर, लामो यात्रामा धेरै खानु स्वस्थकर नहुन सक्छ । कहिलेकाहीँ दूषित पानी तथा बासी तथा खराब खानेकुराका कारण पेटको दुखाई उत्पन्न हुन सक्छ । त्यसतिबेला बुस्कोपान, कोलिवान लगायतका औषधी निकै उपयोगी हुन सक्छन् ।

    ग्याष्ट्रिकको समस्या

    ग्यास्टि्रकको समस्या आम नेपालीको साझा हो । ग्यास्टि्रककै कारण यात्रामा मानिसलाई वान्ता हुने, टाउको दुख्ने लगायतका समस्या उत्पन्न हुने गर्छ । यस्ता समस्यामा एसिलक, डाइजिन, ओमीप्राजोल लगाउयका औषधी रामवाण सावित हुनसक्छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…