• काठमाडौं। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको आरोप लगाउँदै नियम कानुन र संविधानको पालना गर्न चेतावनी दिएका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद रिजालले सरकारलाई नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सरकारका सबै निकायबाट धम्क्क्याउने, धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाइए प्रतिपक्षी दलले त्यसको ससक्त प्रतिवाद गर्ने चेतावनी दिए।

    संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउँदा अग्रपक्तिमा बसेकाले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गर्ने गरेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए। संविधान बनाउदा अग्रपँक्तिमा बसेर गरिएको व्यवस्थालाई दलीय जिम्मेवारीको बोधबाट गलत व्याख्या गर्नु उचित नहुने टिप्पणी उनले गरे। संविधान कुल्चेर दुई तिहाईको दम्भले नभई संसदीय अभ्यासको अनुकरणीय काम गर्न उनले सरकारलाई सुझाव दिए।

    सरकारका सबै निकायबाट धम्क्क्याउने, धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै दुई तिहाईको दम्भ देखाइए प्रतिपक्षी दलले त्यसको ससक्त प्रतिवाद गर्ने चेतावनी

    मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा उनले आपत्ति जनाए। सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उनले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगती पूर्ण काम नहोस् भनी पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए।

    उनले भने, ‘ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आँखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आँखा लाग्या हो कि के हो?  प्रज्ञालाई यसरी आँखा लगाउन पाइँदैन? प्रज्ञालाई यसरी अपमान गर्न पाइँदैन। प्रज्ञा धेरै मेहेनत साथ यहाँ पुगेको छ। २० लाख पर्यटक ल्याउँदा के देखाउने? ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि? अनि त्यसैका लागि पर्यटक ल्याउने? संगति त हुनुपर्यो नि मन्त्रालयका कामहरुमा। यस्ता असंगतिपूर्ण कामहरु नहोस्, अनुरोध गर्न चाहन्छु।’

    उनले पर्यटन मन्त्रालयले वेभसाइटमा तस्वीर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरी आउने शिर्षकमा राखिएको १० करोड बजेट कटौतीको माग गरे।

    २० लाख पर्यटक भित्र्याउने भनिए पनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको र पर्यटन मन्त्रीले त्रिभुवन विमानस्थलका कर्मचारीलाई धम्क्याउने काम गरेको आरोप उनले लगाए। विमानस्थललाई २१  घण्टा सञ्चालनमा ल्याइएपनि थप गरिएको ३ घण्टामा जहाज अहिलेसम्म अवतरण गर्ने व्यवस्था नगरिएको दाबी उनले गरे।

    सार्वजनिक सेवा प्रशारणमा सरकार हस्तक्षेपकारी बन्दै गएको भन्दै उनले सम्पत्ति विवरण पत्रकारले देखाए भन्दैमा कार्यक्रम बन्द गरिएकोमा आक्रोश पोखे। उनले भने, ‘ यही हो नमुना सार्वजनिक सेवा प्रसारणमा जाने सरकारको?’

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…