• काठमाडौं, ।

    गायक सुजन तिगेला नयाँ गीतसहित फेरि आएका छन् । टेलिड्रामासहित रहेको म्युजिक भिडियोमा गायक तिगेला स्वयंले अभिनय गरेका छन् । अभिनयमा मोडल रोमा कुरुम्बाङले सहयोग गरेका छन् ।

    ‘गाउँघरकी कान्छी…’ बोलको गीतको टेलिड्रामामा विवश वेनाम र याम्निङ्वा योङहाङले अभिनयमा साथ दिएका छन् ।

    पुर्वेली भाकामा आधारित गीतमा पूर्वको परम्परा विशेषगरि लिम्बु जातिको भेषभूषा, चालचलनलाई गीतको माध्यमबाट उठान गर्ने कोसिस भएको छ भने त्रिशाली मेला, यासोक बजार, फिदिम बजार, लब्रेकुटी, ईलामको कन्यामजस्ता ऐतिहासिक ठाउँहरुमा यो गीतको छायाङ्कन गरिएको हो ।

    शान्ता केरुङको रचना र निर्माणमा तयार भएको यस गीतको संगीतकार सुजन तिगेला नै हुन् । सोम मगरातीको श्रृङ्गार, दिनेश माङ्मुको नृत्य निर्देशन, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन, नगेन धिमालको ड्रोन, निशान घिमिरेको सम्पादन रहेको म्युजिक भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् ।
    बाकी भिडियो ह्र्नुहोला

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…