• जय कामत
    विराटनगर, असार ५
    एक वर्ष अघि जनताबाट स्थानिय सरकार संचालनको जिम्मेवारी लिएका स्थानिय अधिकारीहरु भ्रष्टचारमा लिप्त हुने थाले पछि सुनसरी, देवानगञ्ज गाउपालीकाका सर्वसाधारण आक्रोसित बनेका छन ।
    स्थानीयहरु अहिले छानवीन तथा संघर्ष समिती नै गठन गरी गाउपालिकामा हुने गरेको भष्ट्रचार र अनियमितता बारे खोजी निति र नियन्त्रण गर्ने लागी परेका छन् । गाउपालीकाको अधिकारी र वडा प्रतिनिधिहरुको मिलेमत्तोमा विकास निर्माणको कार्यमा भष्ट्रचार भईरहेकोको सघर्ष समितिका संयोजक बेचन मेहेताको भनाई छ ।
    स्थानियहरुले आईतवार सुनसरीको देवानगञ्ज गाउपालीकामा चरम भ्रष्टचार भएको भन्दै गाउपालीका प्रमुख लालीप्रसाद मेहतालाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले विकास निर्माणको काममा आफु अनुकुलका व्यक्तिलाई राखेर भ्रष्टचार गर्ने गरेको उनीहरुले ज्ञापनपत्र मार्फत गुनासो व्यक्त गरेका थिए । त्यससंगै गाउपालीको सडक निर्माण,सडक बत्तीजडान, पुलपुलेसो तथा कल्भटको निर्माणमा चरम लापरवाहि भएको गुनासो समेटिएको छ ।
    समयमा टेण्डर नखोलेको,विउविजन वितरण गर्दा आफनो मान्छेलाई मात्र वितरण गरेको, स्थानियको गुनासोलाई गापाले नसुनेको स्थानिय संघर्ष समितीका संयोजक मेहेतको जिकिर छ । त्यस्तै गापका प्रमुख प्रसासकिय अधिकृत चेतन निरौलाले सुचानाको हकवाट आफुहरुलाई बञ्चित गर्ने गरेको स्थानिय विबेक मेहताको आरोप छ । विवेक भन्छन गाउमा ज्ञानको कमीको कारणले गर्दा कसैले सुचाना मागदैनन् त्यसको फाईदा कर्मचारीले उठाउने गर्दछन् र मिलेमतोमा सुटुक्क कार्यक्रम पास गर्ने गर्दछन् ।
    कमिसनको लोभमा गापा अध्यक्ष तथा पदाधिकारीहरुले स्थानिय संचार माध्यमलाई कार्यक्रम संचान गर्न नदिएर मिलेमतोमा अर्कै जिल्लाको संचारमाध्यमलाई संचालन गर्न दिएको स्थनीय संचारकर्मी समेत रहेको विबेकले बताए ।
    स्थानिय स्थतरमा विकास निर्माण हुने आस गरेर पठाएका प्रतिनिधिहरुनै भ्रष्टचारमा लिप्त हुन थाले पछि सर्वसाधारणको विचल्ली भएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …