• प्रधानमन्त्री केपी ओलीले सशस्त्र संघर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताको वातावरण बनाउन आफ्ना मन्त्रीलाई निर्देशन दिएका छन् ।

    वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका ओलीले चुनाव बिथोल्ने आशंकाले विप्लवलाई फकाउन सरकारले वार्ताको प्रयास गरिरहेको देखाउन खोजेका बुझिन्छ  ।

    प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलले दुई वर्ष विप्लव नेकपालाई राजनीतिक प्रतिबन्ध लगाएपछि सो समूहका नेताहरू भूमिगत भएका हुन । ओली गुटमा पुगेका खानेपानी मन्त्री मणि थापाले यहि क्रममा  विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु जेलमा भेटेका छन् ।

    एनसेलको केन्द्रीय कार्यालयमा गराइएको बम विस्फोटको मुख्य योजनाकार रहेको भन्दै ओली सरकारले नेता ओलीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

    आफूले विप्लब समूहका नेतालाई भेट गरेको मन्त्री थापाले पुष्टि गरेका छन् ।

    भेटमा भएको कुराकानीबारे उनले केही बताएका छैनन् । सरकारको तर्फबाट केही नेताले यसअघि नै विप्लव निकटका नेता कार्यकर्तासँग वार्ताका लागि पहल गर्न अनुरोध गरेको बताइन्छ ।

    पुष्पकमल दाहाल प्रचण्डलगायतले नेकपा छाडेर आन्दोलन सुरु गरेपछि पूर्वमाओवादी फकाउन प्रधानमन्त्री ओलीले अर्को अस्त्र तयार गरेका हुन सक्छ  ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…