• राक संवाददाता
    विराटनगर ६ असार   विराटनगर महानगरपालिकाले आगामी वर्षको लागी प्रस्तुत हुने निती तथा कार्यक्रम र बजेट बारे पत्रकार, राजनैतिकदलका प्रतिनिधि,उद्योगी, समाजका अगुवासंग छलफल गरेको छ । बुधवार भएको छलफलमा महानगरले गरेका गतिविधि र भावि दिनमा गर्नसक्ने कार्यहरुका विषयमा सुझाव समेत लिएको थियो ।
    आगामी असार १० गते महानगरको नगरसभा मार्फत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुदैछ । सो कार्यका लागि महानगरले विभिन्न संघ,संस्था र समाजिक व्यक्तित्वहरुवाट छुट्टा छुट्टै सुझाव संकलन गर्दै छ ।
    महानगरले गरेको कार्यक्रममा सुझाव दिने अधिकांशले विराटनगरका निर्माणाधिन सडक समयमै सम्पन्न गर्नु पर्ने,खानेपानि ,विद्युत र फोहरमैला व्यवस्थापनमा ध्यानदिनु पर्ने लगायतका कुराहरु राखेका छन् । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले आबश्यक सवै सुझावहरुलाई कार्यान्वयनमा ल्याउने र त्यसका लागि टिपोट गरी दस्तावेज गरिन लागेको जानकारी दिनु भयो । सो कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की , नेकपाका प्रतिनिधि सागर थापा,शारदा मैनाली,नेपाली कांग्रेसका अरुण न्यौपाने ,राप्रपा नेपालका माधव आचार्य,राजपाका मो.नसरुल ,संयुक्त टोल संगठनका राजेश मास्के ,केदार कार्की,खपव्लिक फोरमका उत्तम ढुङेल,वपरडेककी संजु साह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …