• हेटौंडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञानेन्द्रको जस्तो अवसान भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    देउवाले यस्तो चेतावनी अरुले नभई उनकै जिल्ला डडेलधुराका सभापति कर्ण मल्लले दिएका हुन् । कांग्रेस नेता प्रदीप गिरीले कुनै समय ‘हामीलाई रोयल कांग्रेस भन्छन् । तर, हामीले पनि अब राजतन्त्रको पक्षमा नहुन सक्छौं महाराज ! त्यो दिन तपाईको पक्षमा कोही हुँदैनन् । तपाईको श्रीपेच पनि जान्छ र नारायणहिटी दरबार पनि जान्छ’ भनेको स्मरण गर्दै उनले भने, ‘म हाम्रा नेताहरु भन्न चाहन्छु, यदि सच्चिनुभएन भने तपाईहरुको हालत पनि त्यस्तै हुन्छ ।’

     

    आफूहरु गाउँमा बसेर काम गरेपनि नेतृत्वले काठमाडौंमा बस्ने र बिहान बेलुका धाउनेहरुको मात्र कुरा सुनेको उनको गुनासो थियो । आफूहरु काठमाडौं आएका बेला भेटेर कार्यकर्ताको कुरा गर्दा झर्को मान्ने गरेको उनले बताए ।

    सिन्धुली सभापति उज्वल बरालले टिकट वितरणमा आर्थिक चलखेल भएको गुनासो आएको भन्दै यसबारे छानविन गर्नुपर्ने बताए । कपिलबस्तुका सभापति सुरेन्द्र आचार्यले आईजीपी काण्ड पैसाकै लागि भएको आरोप लगाए ।

    केही जिल्ला सभापतिले भने नेतृत्वको बचाउ मात्र गरेनन्, युवा नेताहरुको आलोचना गरेका छन् । युवा नेताहरु नै सभापतिलाई खुइल्याउन लागेको उनीहरुको धारणा छ ।

    काभ्रे जिल्ला सभापति मधु आचार्यले भने, ‘संविधान जारी भएपछि सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु गम्भीर गल्ती थियो र, त्यहीबाट कांग्रेसको कमजोरी सुरु भएको हो भन्नेमा सबैको समान मत देखिएको छ ।’

    सहमतिकै आधारमा निर्णय

    भेलामा जिल्ला सभापतिहरुले बोल्ने क्रम सकिएको छ र, भोलि हेटौंडा घोषणापत्र जारी गर्दै सकिनेछ । नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षको सहमतिकै आधारमा घोषणापत्र बनाइनेछ ।

    स्थानीय तहको अधिवेशनलाई दिएर दुबै समूहको फरक मत छ । पौडेल- कृष्ण सिटौला समूहले महासमिति बैठक लगतै अधिवेशन थाल्नु पर्ने मत राखेका छन् भने देउवा समूहले त्यसलाई रोक्न चाहेका छन् । पौडेल समूहको बहुमत भएपनि सहमतिकै आधारमा यसबारे निर्णय गरिने एक नेताले बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…