• राक संवाददाता
    असार ०९, विराटनगर
    सुपारी र श्रुतिजन्य पदार्थ नेपाल भित्र्याउन कानुनले बर्जित गरेको छ । उक्त कानुनी आधारलाई टेकी प्रदेश १ को सरकारले अब भारतीय उत्पादन रजनीगन्धा र राजनिवासलाई ब्याण्ड गर्ने भएको छ । नेपालमा अत्याधिक मात्रामा खपत हुने यी भरतिय सुपारीजन्य पर्दाथलाई रोक लगाएउन प्रदेशका अर्थ मन्त्रि ईन्द्र आङ्बो स्यवम् तत्पर भएका छन् । उनले भर्खरै मात्र बिजनेश प्लस टिभीको अर्थ संवाद कार्यक्रममा अन्र्तरवार्ता दिदै ब्याण्ड गर्ने उद्घोष गरेका हुन् । मन्त्रि आङ्बोका अनुसार प्रदेश नं एकको सरकारले यही श्रावणवाट राजनिगन्धा र राजनिवासमा रोक लगाउने बताएका थिए । मन्त्रिले भने ''प्रदेशको अर्थ मन्त्रालय असारसम्म निति नियम बनाउने काममा ब्यस्त थियो, अब श्रावणदेखि आर्थिक अपराध नियन्त्रण गर्न जुट्ने छ ।''

    गिट्टी बालुवा ओसार्ने ट्याक्टर जफत गरिने
    त्यस्तै कृषी प्रयोजनका लागी ल्याएको ट्याक्टर गिट्टी बालुवा आसार्ने प्रयोग भए त्यस्तो ट्याक्टरलाई नियन्त्रणमा लिई जफत गरिने मन्त्रि आङ्बोले बताएका छन् । कृषी प्रयोजनको लागी विषेश छुटमा ल्याएको ट्याक्टर अन्य प्रयोजनमा प्रयोग गरिनु कानुन विपरित भएको उनको भनाई थियो । मन्त्रि भन्छन् ''कुनै ट्याक्टरमा ढुंगा गिट्टी बालुवा भेटिए, प्रहरीलाई तुरुन्त नियन्त्रमा लिने सर्कुलर जारी गर्ने तयारीमा हामी छौ । आजसम्म जे भयो भयो श्रावणवाट कम्र्परमाजेशन हुन्न ।''



    चप्पा चप्पाको हुण्डीमा हाम्रो नजर छ 

    कार्यक्रम प्रस्तोता दिनेश खड्काले शोधेको प्रश्न ''अबैध गुण्डी व्यासाय प्रदेश नं १ को विभिन्न शहरमा फस्टाएको छ , सरकारको ध्यान किन जान नसकेको होला ?'' प्रश्नको उत्तर दिदै मन्त्रि आङ्वोले भने ''हामीलाई पनि यो सुचना आएको छ, विराटनगरदेखि विरगञ्जसम्म चप्पा चप्पामा फैलिएको हुण्डी व्यासायलाई हामी नियन्त्रमा लिन्छौ । स्टेशनरीको नाममा, किराना पसलको नाममा या कुनै विजनेश फर्मको नाममा गोप्य रुपमा हुण्डी धन्धा चलिरहेको हामीले नि थाहा पाएको छौ, चाडै सबै नियन्त्रणमा आउछ ।'' मन्त्रि आङ्बोले यस्ता आर्थिक अपराध गर्नेहरुको बारेमा आफुलाई सुचना दिन कार्यक्रम मार्फत सबै संचारकर्मीलाई समेत आग्रह गर्नु भएको छ ।

    बोर्डर आसपासका फर्महरु पनि बन्द हुने 
    तस्करी गर्ने उद्देश्यले बोर्डर छेउछाउ खोलिएका फर्महरु र गोदामहरु समेत बन्द गर्ने तयारी गरिरहेको मन्त्रि आङ्वोले कार्यक्रममा बताएका थिए । पछिल्लो समय तेस्रो मुलुकवाट सुपारी मरिच आयत गरी भारतमा बच्ने गरिएको पाईएपछि मन्त्रिले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    कसरी हुन्छ तस्करी ?
    तस्करीहरुले बोर्डर आसपास क्षेत्रमा फर्म र गोदाम दार्ता गराई तेस्रो मुलकवाट ल्याएको मरिच र सुपारी भण्डारण गर्ने गरेका छन् । रातको समयमा उपयुक्त समय निकाली प्रहरी प्रशासनको सेटिङमा भारततर्फ समान पास गर्ने तस्करीहरुको यो विधी हो । र त्यसैगरी भारतवाट ल्याएका खाद्यान्य र लत्ता कपडालाई तस्करहरुले त्यस्ता फर्म र गोदममा लुकाउने समेत गरेका छन् ।



    एक सता अघि मात्र जिल्ला प्रहरी मोरग र देवानगञ्ज गाउपालीका संयुक्त टोलीले देवानगजं गाउपालीको सीमाबर्ती क्षेत्रवाट ५ लाख बराबरको मरिच त्यस्तै एक गोदाम परिसरवाट फेला समेत पारेको थियो । लक्ष्मी फन्सी स्टोरको गोदाम भनेर प्रयोग हुदै आएको उक्त गोदाम सिमाको केहि मिटर दुरीमा मात्र रहेको प्रहरीको भनाई छ । पसल बाजरमा खोलिएपनि, गोदाम भने तस्करी गर्नेकै उद्देश्यले बोर्डर छेउमा खोलीएको एक प्रहरीले बताए ।
    पाच लाख बराबरको मरिच पक्राउ पर्ना साथ आफ्नो लिंक एसपी देखि डिआईजीसम्म रहेको भन्दै फेन्सी स्टोरका संचालक सुरेश कुमार गुप्ताले प्रहरीलाई थर्काएको एक प्रहरीले नाम नखोल्ने शर्तमा बताए ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …