• मोरङ । एमाले र माओवादी केन्द्र बिच पार्टी एकिकरण पछि नेकपा मोरङको सभापतिको लागी दौडधुप सुरु भएको छ । सभापति बन्नकै लागी दुबै समूहले उम्मेदवार नाम चर्चामा ल्याएपनि केन्द्रको सहमति “हेर र पर्ख”को स्थितिमा जिल्ला नेता पुगेका छन । तत्कालीन एमाले वा माओवादी केन्द्र मध्ये जिल्ला नेतृत्व कसको भागमा पर्ने बारे अन्यौलनै देखिएपनि दुवै समूहले सभापतिको दावेदारी कडा रुपमा प्रस्तुत गरिरहेको सूत्रको भनाई छ । दुवै समूहलाई समायोजन गर्न केन्द्रले गत हप्ता कार्यदल गठन गरिसकेको छ । कार्यदल गठन पछि सभापतिको नाम चर्चा ल्याउने क्रम रोकिएको छैन । सूत्रले भन्यो , “ कुनै राजनीतिक अवरोध नआए १५ दिनपछि सबै छिनोफानो हुन्छ । ” दुवै पार्टीका प्रदेश प्रमुख , जिल्ला सभापति , इन्चार्ज सहितको कार्यदलले जिल्ला सभापति देखी तल्लो निकायसम्मका पदाधिकारी छनौट गर्दैछ । दुवै समूहको वर्तमान कार्यसमिति भंग हुने बताईएको छ ।

    प्रधानमन्त्री तथा पार्टी सभापति केपी ओलीले मोरङ जिल्ला एमाले नेतृत्वकै भागमा पार्ने कार्यकर्तालाई विश्वास दिलाईसकेको सूत्रको दावी छ । त्यही भएर दुवै समूहले सहमतिको प्रयास पनि जारी राखेका छन ।
    एमालेबाट बर्तमान अध्यक्ष बिनोद ढकाल र पूर्व अध्यक्ष महेश रेग्मी नेकपाको केन्द्रीय सदस्यमा मनोनयन भैसकेपछि सभापतिको खडेरी लागेको हो । तथापी आकांक्षीहरुले सभापतिको नाम प्रस्ताव गर्न थालेको बुझिएको छ । एमालेको ८ औ जिल्ला अधिबेशनबाट सचिवमा निर्वाचित ऋषि पोखरेल , उपसभापति रामलाल साह र बाबुराम कार्की मध्ये एक सभापति हुने लगभग निश्चित जस्तै छ । बिद्यि र प्रक्रृया अनुसार उपसभापति भएको हैसियतलेसभापति आफुले् पाउनु साहले दावी गर्दै आएका छन ।सूत्रले भन्यो , तर साहको पछि कुनै नेता खुलेर देखिएका छैनन । पूर्व सांसद समेत रहेका जिल्ला सचिव पोखरेललाई सभापति बनाउन पर्शुराम बस्नेत देखी केन्द्रका महेश बस्नेत समेत लागिपरेका छन । कुनै अप्रिय स्थिति आएन भने पोखरेलनै सभापति बन्ने समिकरण बनिरहेको छ सूत्रको भनाई छ । पार्टी भित्र आफुपनि सिनियर भैसकेकोले सभापति बनाउनु पर्ने अर्का आकांक्षी कार्कीको अडान छ । यता माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई सचिव दिएर उनकै नेतृत्वमा अन्य पदाधिकारी चयन गर्ने सहमति नजिक पुगेको सूत्रले बतायो ।

    बिराट सन्देश बाट

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…