• काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपि शर्मा ओलीले चीन भ्रमणका क्रममा राष्ट्रिय हितभन्दा सिंहदरबारको कुर्सीको सुरक्षा रोजेको टिप्पणी गरेका छन्।

    भ्रमणबाट जे अपेक्षा गरिएको थियो, त्यो हुन नसकेको उनको भनाई छ । ओलीको भ्रमणबारे उनले भनेका छन्,'यो भ्रमणले पनि परम्परा धान्न र संकुचनलाई चिर्न सकेन ।' हामीले पटक पटक भोगेको नाकाबन्दी, ईन्धनमा एकाधिकार, लिपुलेक विवाद आदि सबै आजको ग्लोबल भिलेजको समयमा पनि आझेलमा पर्नु हामी नेपालीका लागी दुर्भाग्यपूर्ण भएको नेता भण्डारीको टिप्पणी छ ।

    चिनिया रेल काठमाडौंसम्म ल्याउने कुरा सिल्क रोडबाट बिश्वबजारमा चीनले रेलमार्ग मार्फत कनेक्टिभिटी गर्ने कार्यक्रम र रणनीति अन्तर्गत नै भएकाले नेपाली नेताले तछाड मछाड गर्नु नपर्ने उनले उल्लेख गरेका छन्।

    नेपाल चीन सम्बन्ध गम्भीरताका साथ पुनर्परिभाषित गर्नु पर्ने टड्कारो आवश्यक्तामा नेता भण्डारीले जोड दिएका छन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…