• सामान्यतया: हामी ज्वरो आउँदा पहिले घरमै औषधी लिएर समस्यालाई कम गर्ने कोशिश गर्छौं तर सही समयमा डेंगूको उपचार नहुँदा गम्भीर समस्या पनि हुनसक्छ । डेंगू ज्वरो एडिज लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । एडिज लामखुट्टेले दिनको समयमा टोक्छ, यसकारण घरमा लामखुट्टे हुन दिनु हुँदैन । सामान्य रूपमा गमला, कुलो, टायरमा जमेको पानीमा लामखुट्टे फैलिन्छ । यसकारण घरको वरिपरी कुनै पनि ठाउँमा पानी जम्न दिनुहुँदैन । यसकारण डेंगू हुँदा स्वयम् औषधी सेवन गर्नुभन्दा तुरुन्त चिकित्सक कहाँ जाँच गराउनु पर्दछ । चिकित्सकका अनुसार, केही यस्ता संकेतको सहायताले डेंगू ज्वरो समयमै पहिचान गरी उपयुक्त उपचार गर्न सकिन्छ ।

    १- अचानक तीव्र ज्वरो आउनु र लामो समयसम्म रहन्छ भने यो डेंगू हुनसक्छ ।

    २- ज्वरो आउनुको साथै शरीरमा रातो रंगको रेशेस हुँदा यसलाई वेवास्ता गर्नुहुँदैन किनभने यो डेंगू ज्वरोको संकेत हुनसक्छ ।

    ३- डेंगू ज्वरोमा पुरै शरीरमा तीव्र दुखाई हुन्छ । विशेषगरी टाउको र जोर्नीको दुखाईले बढी पीडित बनाउँछ ।

    ४- ज्वरोको साथै भोक नलाग्ने वा अरुचि बढ्ने समस्या छ भने यो डेंगू हुनसक्छ ।

    ५- ज्वरो कम हुँदा पनि मुखको स्वाद तितो भैरहन्छ र कुनै पनि भोजन स्वादिष्ट लाग्दैन भने यसलाई वेवास्ता गर्नुहुँदैन ।

    ६- डेंगू ज्वरोको कारण शरीर कमजोर हुन्छ । यस अवस्थामा चक्कर आउने समस्या पनि हुनसक्छ ।

    ७- डेंगूको कारण पाचन प्रक्रिया खराब हुन्छ । पटक-पटक उल्टी आउने र पखला लाग्ने समस्या हुनसक्छ ।

    ८- डेंगू हुँदा ब्लड प्लेटलेट्सको संख्या तीव्र रूपमा कम हुन्छ, जसले इन्फेक्शनको खतरा बढ्छ ।

    ९- समस्या बढ्दै जाँदा रक्तचापको समस्या हुनसक्छ । यस अवस्थामा तुरुन्त चिकित्सक कहाँ जाँच गराउनुहोस् ।

    १०- डेंगू ज्वरो बढ्दा चक्कर आउनुको साथै बेहोस हुने समस्या हुनसक्छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…