• उर्लाबारी असार १३ गते । उर्लाबारी नगरपालिका वडा नम्बर ७ को आयोजनामा बुधबार देखि ३ दिने सहकारी शिक्षा तालिम सुरु भएको छ । राधिका मावि उर्लाबारी—६ को सभाहलमा सुरु भएका तालिमको उद्घाटन जिल्ला सहकारी संघ मोरङका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तेजकुमार रिजालले पानसमा बत्ति वालेर उद्घाटन गर्नुभयो ।

    उहाँले सहकारी शिक्षाले सहकारीलाई प्रगती पथ पुरयाउदै नियम र परिधिमा रहेर सहकारी सन्चालन गर्न मदत पुग्ने बताउनुभयो । तालिमको सहजिकरण हरिबहादुर खत्रि र रामप्रसाद पोख्रेलले गरिरहेको कार्यक्रम संयोजक ध्रुबचन्द्र पराजुलीले जानकारी दिनुभयो । कार्यक्रम संयोजक पराजुलीका अनुसार तालिममा ७ नम्बर वडाका १८ बटा सहकारीका ३० जनाको सहभागिता रहेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …