• नेपालगञ्ज, असार १७ गते । खेतीको समय सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका किसान चिन्तित छन् । आकासे पानीको भरमा रहेको बाँकेको खेती असारको दोस्रो सातासम्म पनि पर्याप्त नपरेपछि किसान उत्पादन घट्ने डरले चिन्तित भएका हुन् ।
    बाँकेको ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जसमध्ये १५ हजार हेक्टर क्षेत्रफल मात्र सिँचाइको पहुँचमा रहेको जिल्ला कृषि समन्वय कार्यालय बाँकेका प्रमुख कृष्ण बस्नेतले बताउनुभयो । उहाँले साउन पहिलो सातासम्म पर्याप्त पानी परेमा धान उत्पादनमा खासै फरक नपार्ने तर त्यस बेला सम्म पनि पानी परेन भने उत्पादनमा असर पर्ने बताउनुभयो ।
    समयमै पानी नपरेपछि केही किसानले भने बोरिङबाट धानको बीउ राख्न थालेका छन् तर धेरैले अझै पनि बीउ समेत राख्न नपाएको बताएका छन् । थोरै क्षेत्रफलमा रोपाइँ गर्ने किसानले बोरिङको प्रयोगबाट नै रोपाइँ गर्छन् तर ठूलो क्षेत्रफलमा रोपाइँका लागि आकासे पानीको विकल्प छैन ।
    समयमा पानी नपर्ने हो भने खेती चौपट हुन्छ, पुरैनाका किसान गङ्गाप्रसाद काँदुले भन्नुभयो । पानी पर्ला भनेर ब्याड राखियो तर आवश्यक मात्रामा पानी परेन, उहाँले भन्नुभयो, समय गुज्रिएमा ब्याड नै काम नलाग्ने होला भन्ने चिन्ता छ ।
    पानी छैन, भएका नाला सुकेका छन्, खजुराकी किसान सुनिता बिसीले भन्नुभयो । उहाँ पनि पानी नपरे रोपाइँ कसरी गर्ने हो भनेर चिन्तित रहेको बताउनुहुन्छ । पानी समयमा पर्ने हो भने अपेक्षा अनुसार धान उत्पादन हुँदैन, उहाँले भन्नुभयो ।
    बोरिङ चलाउनेले पनि महँगो र भोल्टेज कम भएकाले पानी नै नतान्ने गरेको बताउँछन् । भोल्टेज हुँदैन बोरिङ पनि चल्न गाह्रो छ, सीतापुरका किसान एमबहादुर खत्रीले भन्नुभयो, ब्याड पनि बिग्रेला भन्नेर चिन्तित छु । ’
    समयमा पानी नपरेपछि जिल्लाका अधिकांश किसानले सिक्टा सिँचाइको पानी कहिले आउँछ भनी प्रश्न गरिरहेका छन् । उनीहरूले यस वर्ष सो आयोजनाबाट अधिकांश स्थानमा सिँचाइ सुविधा पुग्ने जनाए पनि अझै नपुगेकोमा चिन्ता प्रकट गरेका छन् ।
    उता, सिक्टा सिँचाइ आयोजनाले भने हालसम्म तयार भइसकेको नहरमा पानी छोडेर एक दुई पटक परीक्षणसम्म गरिसकेकोले त्यहाँ देखिएका केही कमी कमजोरी सच्याएर सिँचाइका लागि नहरमा पानी छोड्ने तयारी भइरहेको जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …