• काठमाडौं । धेरैलाई थाहा छ, नेपालको आयातलाई रेमिट्यान्सले धानेको छ । यहाँबाट औद्योगिक उत्पादको साटो जनशक्ति निर्यात भैरहेको छ । नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवाहरू कामको खोजिमा बिदेशिन्छन् । र उनीहरूबाट वार्षिक ६ खर्ब रुपयाँको हाराहारीमा रकम भित्रिन्छ । ठूलो संख्यामा युवा शक्ति पलायन भइरहँदा देशको अर्थतन्त्र नै रेमिट्यान्समा मात्र भर पर्न थालेको छ । वार्षिक व्यापार घाटालाई तुलना गर्ने हो भने रेमिट्यान्स नहुँदो हो त मुलुक आर्थिक संकटमा परिसक्थ्यो । यो वर्ष आर्थिक वृद्धिदर दुई दशककै सबैभन्दा बढी भएको प्रक्षेपण गरिएको छ । तर, यो वृद्धिको ठोस आधार औद्योगिक उत्पादन नभएर रेमिट्यान्समा वृद्धि र अनुकूल मौसम मात्र हो । त्यसैले नेपाल पूर्णतः रेमिट्यान्समा भरपरेको छ ।


    हालै मात्रै संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको एक प्रतिवेदनमा नेपाल रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा देखिएको छ । राष्ट्रसंघको कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको झण्डै ३२ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत स्वदेश भित्रने गरेको छ । नेपालमा वार्षिक ६ खर्बभन्दा धेरै रकम रेमिट्यान्समा रुपमा भित्रिन्छ । त्यस्तै लिबेरीया रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा दोस्रो स्थानमा परेको छ । यसले कुल गाह्रस्थ उत्पादनको ३१ प्रतिशत बराबरको रकम रेमिट्यान्सबाट भित्र्याउँछ । त्यस्तै कुल गाह्रस्थ उत्पादनको ताजिकिस्तानले २९, किर्गिस्तानले २६ र हाइटिले २५ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत भित्र्याउने गरेका छन् ।


    विदेशमा काम गर्न गएका लगभग प्रत्येक युवाहरूले स्वदेशमा पैसा पठाउँछन् । आखिर यसरी विश्वभर रहेका कामदारले स्वदेशमा कति रकम पठाउँछन् होला त ? आइएफएडीका अनुसार २०१६ मा विश्वभरबाट रेमिट्यान्सको रुपमा स्वदेशमा पठाइएको रकम कुल ४ सय ४५ बिलियन (४ हजार ५ सय अर्ब रुपैयाँ) अमेरीकी डलर बराबर रहेको छ । र, यो एक दशकमा यसमा झण्डै ५१ प्रतिशले बृद्धि भएको छ । यो वर्ष झण्डै ५ बिलियन अमेरिकी डलर बराबरको रकम बढ्ने छ ।


    अहिले २ सय मिलियन कामदारहरूले विदेशमा काम गरेर ८ सय मिलियन परिवार बराबर पालिरहेका छन् । आइएफएडीका अध्यक्ष गिलबर्ट हुङ्बोल भन्छन्– अमेरिकी डलर २ सय वा तिन सय रुपैया एक जना विदेशमा काम गर्ने कामदारले स्वदेशमा पठायो भने त्यसले परिवारको आम्दनीको झण्डै ६० प्रतिशत हिस्सा ओगट्छ, जसले उनीहरूको दैनिक जीवनयापानमा ब्यापक परिवर्तन ल्याइदिएको हुन्छ ।


    सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने राष्ट्रमा भारत पहिलो स्थानमा रहेको छ । यसले गत वर्ष सन् २०१६ मा ६३ बिलियन अमेरीकी डलर बराबरको रकम रेमिट्यान्स भित्र्याएको थियो । केही वर्ष अघिसम्म चीन सबैभन्दा बढी रेमिट्यान्स भित्राउने राष्ट्रमा थियो । सन् २००७ मा चीनले ३८.५ बिलियन बराबरको रकम रेमिट्यान्समार्फत भित्र्याएको थियो भने भारतले ३७.२ बिलियन रकम भित्राएको थियो । तर अहिले भने भारतभन्दा चीनले झन्डै २ बिलियन कम रकम रेमिट्यासबाट भित्राएको छ ।

    तर, भारतले यसरी रेमिट्यान्समार्फत भित्र्याएको रकम देशको अर्थतन्त्रमा सुधार गर्नलाई भने सानो मात्रै भूमिका खेल्छ । भारतको कुल गार्हस्थ उत्पादनको झण्डै ३ प्रतिशत बराबरको रकम रेमिट्यान्स मार्फत भित्रन्छ ।


सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …