• रामपुर पाल्पा २६ असार

    पाल्पाको रामपुर नगरपालिकामा पहिलो पटक कालो धानको बिउ रोपाई गरिएको छ । रामपुर नगरपालिका वडा नं ७ को मलेङ्ग खेतमा कृषक नारायणप्रसाद भट्टराईको एक रोपनी क्षेत्रफलमा परिक्षणका लागि कालो धानको बिउ रोपाई गरिएको हो । उहाँले इन्टरनेटको सहायताबाट परिक्षणका लागि कालो धानको रोपाई गरेको बताउनुहुन्छ ।

    यस क्षेत्रमै नयाँ धानको रुपमा पहिलो पटक विजयपुर कृषि सहकारीको व्यवस्थापनमा कृषक भट्टराईले कालो धानको बिउ रोप्नुभएको हो । कालो धान सुगर, रक्तअल्पता, ग्यास्ट्रिक लगायतका बिरामीलाई स्वास्थ्यका लागि अतिउपयोगी मानिएकाले परिक्षणको रुपमा सहकारीले व्यवस्थापन गरेको सचिव ओमप्रकाश रेग्मी बताउनुुहुन्छ ।

    रामपुरमा पहिलो पटक भित्रिएको कालो धान सबैका लागि चासोको विषय बनेको छ । नयाँ धानको बिउ हेर्न र सोधपुछ गर्नेको उत्सुकता बढेको छ । अगुवा कृषक गिता भट्टराई । दक्षिण कोरिया, चाइनामा उत्पादन हुने कालोधान नेपालमा बिगत ८ वर्ष अघि भित्रिएको हो । यसवर्ष मुल विउ उत्पादन गरेर सहकारीले आगामी वर्ष क्षेत्र विस्तार गर्दै जाने जनाएको छ । अडियो रिपोट, दिवा सेवा, शुसिला रेग्मी

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …