काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले चरम दमन गरेको मातृका यादवका छोरा सूर्य किरण यादवले बताएका छन।
आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव , रामचन्द्र झा र उदय बरबरीया यादव वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी दमन नरोकिए प्रतिगमन बिरुद्ध आन्दोलनको स्वरुप थप भयाभह हुने बुझिन्छ।