• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कानुन उल्लंघन गरेको आरोप लगाएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनअनुसार तोकेको निषेधित क्षेत्रलाई नाघेर प्रदर्शन गर्ने कांग्रेसले कानुन मान्नु नपर्ने प्रश्न गरेका छन् ।

    कांग्रेस नेतृत्व सरकारको पालामा त्रिचन्द्र कलेजका विद्यार्थीहरुलाई १५ वटा टाँका लगाउनु गर्नुपर्ने गरी भएको कुटपिटलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्रिचन्द्र कलेज अगाडि निषेधित क्षेत्र तोकिएको थिएन्, प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई १५ वटा टाँका लगाउनु पर्ने कसले पिट्यो ? अहिले सरकारले बल प्रयोग गर्यो भन्ने ।’

    आफ्नो सरकारलाई अधिनायकवाद तर्फ उन्मुख भएको कांग्रेसको आरोपप्रति आक्रोश व्यक्त गरेका प्रधानमन्त्रीले आफू नेतृत्व सरकारको कार्यशैलीको बचाउ समेत गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…