• युएइ । युएइमा कार्यरत नेपालीहरुले एमाले, माओबादी र नया सक्तीको चुनाबी तालमेल तथा एकताको बिषयलाइ स्वभाबिक भएको टिपणी गरेका छन ।

    पाटी एकताको बिषयलाइ लिएर देश- बिदेशमा ठूलो चर्चाको बिषय बनिरहेको बेला युएइमा बस्ने नेपालीहरुले भने स्वभाबिक भएको टिप्पणी गरेका हुन ।

    नेपालको बिकाश हुनका लागी बामपन्थी हरेक कम्युनिष्ट पाटीहरुसंग एकताको जरुरत भएको बताउदै कतिपय प्रबासी नेपालीहरुले नेपालमा नया युगको सुरुवात भएको समेत बताएका छन ।

    कम्युनिष्ट पाटीहरुको धुर्बिकरणले सास्कृतिक, राजनैतिक तथा आर्थिक बिकास धरासयी भैरहेको टिपणी गर्दै पोखराका एक जना युवा चन्द्र थापामगरले यो एकीकरणको सन्देशले आबस्यक्ताको परिपुर्ति हुन लागीरहेको बताए ।

    त्यस्तै ९ बर्षदेखी युएइमै कार्यरत भोजपुरका युवा पुर्ण गुरुङ्गले  ३ पाटीको एकीकरण ब्राहमण एकता भएको जस्तो आफुले सुनेको भएतानी यो निराधार हल्ला भएको महसुस गरेको बताएका छन । राजनितिप्रती खासै चासो नराखेतापनी यो एकिकरणले  नेपालको राजनितिबृतमा नया सुरुवात भएको आफुलाइ लागेको पनि उन्ले बताए ।

    कतिपय नेपालीहरुले तीन कम्युनिष्ट पाटीहरुबिच भएको यो एकतालाइ झट्टै बिस्वास गर्न नसकिने बताउदै आगामी दिनमा भने ठूलो आशा राख्न सकिने पनी बताएका छन ।

    ३ पाटीहरुको एकताले परिबर्तन, बिकाश र समृदीको सन्देश बोकेको भएतापनी नेताहरुको पद र सक्तीप्राप्तीलाइ बिशेष ख्याल गर्नु पर्ने बताउदै दोलाखा जिरिका मिङ्गमा  सेर्पाले उत्साहित भने भैहाल्न नहुने जिकिर गरेका छन ।

    बर्षौदेखी पाटीभित्रैका केही नेताहरुले एकीकरणको आभास गरेतापनी विभिन्न कारणबश: सफल नभैरहेको बेला यो औपचारिक घोषणाले निक्कै उत्साहित भएको भन्दै कयौ कार्यकर्ताले  बिचार समेत राखेका छन ।

    युएइमा रहेका आफ्-आफ्ना पाटीका भातृ संगठनले पनि आफ्ना नेताहरुको औपचारिक एकताको अभ्यास स्वागतयोग्य भएको प्रतिक्रिया जनाएका छन । मओबादी केन्द्रको प्रबास भातृ संगठन  जनप्रगतीशिल मंच युएइले पनि नेताहरुको कदमलाइ स्वागत गरेको छ ।  जन प्रगतिशील मंच युएइका प्रबक्ता अनिस तामाङ्गले अध्यक्ष प्रचण्डको कदमलाइ ऐक्यबद्द्ता जनाएको बताउदै आफुहरुको साथ र सयोग निरन्तर रहने बताएका छन ।

    तर एमाले निकट भातृ संगठन  नेपाली प्रबासी मंचका अध्यक्ष श्याम कंडेलले भने पाटी एकता असम्भब भएको बताउदै यो चुनाबी तालमेलमा मात्र सिमित रहने दाबी गरेका छन ।

    त्यसो त कतिपय सर्बसाधरणमा पनि कडेलको जस्तै धारणा छ । माओबादीलाइ भन्दा पनि एकता र तालमेल एमालेलाइ जरुरत रहेको बताउदै युएइमा कार्यरत झापाका उमेश सिटौला भन्छन :”एमालेले माओबादीलाइ सिध्याउनेतिर लागेको माओबादीले बुझ्नुपर्थ्यो । यसर्थ माओबादीले भुल गरिरहेको छ भन्ने मलाइ लागेको छ ।” बिगतमा पनि एमालेले माओबादीलाइ धोका दिदै आएको बताउदै सिटौलाले एकताको कुनै अर्थ नरहने पनि  प्रतिकृया दिए । समग्रमा युएइमा कार्यरत धेरै नेपालीहरुले नेपालको बिकाश र समृदीका लागी नया सुरुवात भएको बताएका छन ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…