• सकिन्छ भने सपार्न तर्फ उत्दत हुने,सकिदैन भने पनि कसैको नबिगार्ने सकरात्मक ब्यक्तित्व,जो हमेशा बोली र ब्यावहारको तालमेललाई आत्मसात गर्छ र गर्ने ब्यक्तित्व समाज र राष्ट्रको अगुवा हुनु पर्छ,समाज र राष्ट्रको नेता वा नेतृत्व हुनु पर्छ।बैचारिक रुपमा सबल,सांगठनिक रुपमा सक्षम,आर्थिक रुपमा पारदर्शी,सास्कृतिक रुपमा अबिचलित,समस्याको समाधक,सबै पात्र प्रबृत्तिलाई मिलाएर लान सक्ने,सही उचित समयमा सही र उचित निर्णय लिने ब्याक्तित्व नेता वा नेतृत्व हो र हुनुपर्छ।

    यी बाहेक नेता वा नेतृत्व कुशल बक्ता,असल लेखक,अध्यनसिला ब्यक्तित्व साथै असल स्रोता हुनु अनिवार्य छ भनेर मैले यहाँ विचार संप्रेसण गरिरहदाँ सकरात्मक प्रभाव पर्छ,परोस् भन्ने ठानेको छु।यो कुरा मैले अंग्रेजीमा संप्रेषण गरिसकेको कुरा पनि उहाँहरु अंग्रजीमा हेर्ने पाठक मित्रहरुलाई अवगत होला भन्ने ठानेको छु।अंग्रजी नहेर्नु हुने मित्रहरुका लागि उहाँहरुको आग्रहमा यो नेपालीमा संप्रेषण उहाँहरू माझ गर्दै छु।यो गरिरहदाँ मलाई खुशी लागेको छ। किनकि,मेरो विचार र लेखनलाई तपाईहरुले हेरी दिनु हुँदो रहेछ,तपाईहरुको नेपालीमा पनि होस् भन्ने अाग्रहबाट प्रष्ट भएको छु।

    निम्न बुधागत रुपमा यी चार हुनुहरु जस्तै कुशल वक्ता हुनु,प्रखर लेखक हुनु,अध्ययनसिल हुनु,साथै असल स्रोता हुनु आदिलाई ब्याख्या,विश्लेषण र सश्लेषण गर्ने प्रयत्न गरेको छु। जुन निम्न अनुसार रहेको छ।

    क,कुशल वक्ताको रुपमा:-कुनै पनि कार्यक्रममा वक्ताको रुपमा बोलीरहदाँ नेता नेतृत्वले त्यो कस्तो प्रकृति कार्यक्रम हो?पार्टी कै हो कि बिपक्षी पार्टीको हो? सामाजिक संघ सस्थाको हो कि? पार्टीका जन बर्गिय र पेशागत संगठनहरु जस्तै महिलाको हो कि?युवाको हो?मजदुरको हो कि जायिय मोर्चाको हो?आधारभुत रुपमा प्रकृति बुझी बक्तब्य तयार गर्नु पर्दछ। कति समय १५ मिनेट,२०मिनेट वा आधा घण्टा दर्शक स्रोताहरुलाई इरिटेसन,बोरिङ नहुने गरि बोल्नु पर्दछ।धेरै गफ मिसिएको आस्वासन भरिको भाषण वा ब्यक्तब्य हुनु हुदैन।बोलेका कुरा ब्याबहारमा उतार्न सकिने खाल्को हुनु अनिवार्य छ।नेता वा नेतृत्वले बोली सकेपछि कति सटिक,प्रभावकारी,तथ्यपुर्ण बिचार नेता वा नेतृत्वले संप्रेशण गर्यो भन्ने दर्शक र स्रोताहरुलाई पार्न सक्नु पर्दछ।बोल्न पाउँदा २ चार घण्टा के बोल्यो आफुलाई नै थाहा पत्तो नहुने बोलाईको बिकासले जनतालाई बोरिङ बमाएकप छ।जुन गलत संस्कारको बिकास भएको छ।यद्यपि,नेपलका प्रभावशाली कम्युनिस्ट नेता "जनताको बहुदलिय जनबादका"प्रबर्तक मदन भण्डारी,अमेरिकि नागरिक अधिकारवादी नेता मार्टिन लुथर किङ (जस्को"I Have A Dream" भाषणले संसार हल्लायो र हल्लाको छ।)आदिले जस्तै प्रभाबशाली र प्रभावकारी भाषण दिन सक्ने कला हुनु नेता वा नेतृत्वको अनिवार्य छ।

    ख,प्रखर लेखक हुनु:-अर्को महत्त्वपूर्ण कला नेता वा नेतृत्व प्रखर लेखक हुनु अनिवार्य सर्त हो।पार्टी र संगठनका बिचारहरु लेख मार्फत संप्रेषण गर्न सक्के आवस्यता पर्दा पार्टीको बिचार संप्रेषण गर्न बेला बेलामा लेखिरहनु पर्दछ।आवस्यकता परे पार्टी र आन्दोलन बारे,पार्टीका दृष्टिकोण समेटेर लेख रचना नेता वा नेतृत्वले निकाल्नु दुई कारणले अनिबार्य जस्तै भइसक्यो।१,आफुलाई बैचारिक रुपमा लेखाईले प्रकर बनाउँछ,२,अर्को पुस्तक निकालि सके पछि कृति बन्छ।जसले नेता वा नेतृत्व अमर रहन्छन्।नेपालको सन्दर्भमा नेपाली कांग्रेसका सस्थापन नेता बिपि कोइराला कुसल,प्रखर नेता वा नेतृत्व लेखकको रुपमा लिन सकिन्छ।कुसल र लोकप्रिय अमेरिकी पुर्व-राष्ट्रपति बाराक ओवामा जसले The Audacity Of The Hope संसार हल्लाए।

    ग,अध्यनसिल हुनु:-अध्यनसिल नहुने ब्यक्ति असल र ब्याबहारिक नेता वा नेतृत्व कदापि हुन सक्तैन।सामान्यतया दैनिक पत्रपत्रिका,अनलायन खबरहरु,रेडियो टेलिभिजनहरु पढी सुचनामा पहुच राख्नु सुचनामा सुचित हुनु आधारभुत रुपमा नै अनिवार्य छ।त्यसका साथै पार्टी र संगठनका राजनैनिक,बैचारिक,संगठनात्मक कार्यक्रमहरुमा पढी सुचित हुनु नेता वा नेतृत्व अनिवार्य छ।यसका साथै आर्थिक,सामाजिक,एतिहास,राजनैतिक,सास्कृतिक आदि बिषयमा आधारित पुस्तकहरु पढी आफु परिपक्क,योग्य नेता वा नेतृत्व हुनु समयको माग हो। आजको आवस्यकता हो।

    घ,असल स्रोता रुपमा:- आम जनता र कार्यकर्ताहरुका गुनासाहरु,सुझावहरुलाई लिन कम्तिमा नेता र नेतृत्व असल स्रोता हुनु आधारभुत रुपमा आवस्यक छ।आफ्नो कुरा राख्ने अनि अरु बोलेको वास्ता,अरु बोलको बेला हिडिदिने गलत संस्कारको बिकास भइरहेको बेला नेता वा नेतृत्व आफुले सुन्ने बानीको बिकास गरी प्रणाली बसाउँनु आवस्यक रहेको छ।जसको कारण पार्टी संगठनमा असल सुन्ने संस्कारको बिकास होस्।जसले नेतृत्व बिकास सकरात्मक टेवा पुर्याओस्।

    निश्कर्ष:-त्यसैले,नेता वा नेतृत्व कुशल वक्ता,प्रखर लेखक,अध्यनसिल बानी भएको ब्यक्तित्व,असल सुन्न सक्ने गुणले युक्त सक्षम स्रोता हुनु अनिवार्य र नितान्त आवस्यक छ।हामी नेता वा नेतृत्व भनि माग्नेहरुले योजना बद्ध रुपमा यी माथिका बानिहरुलाई अात्मसात गरी ब्याबहारमा उतारी अभ्यस्त हुनुको बिकल्प हुदैन र छैन।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…