• आज भोलि युवतीहरुमा स्लिम बन्ने चक्करमा डाइटिङ अर्थात कम खाने चलन बढिरहेको छ । युवतीहरु स्लिम बन्ने होडमा पानी मात्र पिएर डाइटिङ गर्ने गर्दछन । यस्तो गर्दा स्वास्थ्यमा एकदम खराव असर पर्न जान्छ । आकर्षक शरिर जसलाई पनि मन पर्छ तर आकर्षक शरिर बनाउने होड्म आफ्नो शरिरलाई चाहिने खाना भन्दा कम खानु या पानी मात्र पिउनु भनेको बिभिन्न रोगलाई निम्ताउनु हो । मानव शरीरलाई दैनिक कार्बोहाइट्रेड, फ्याट, प्रोटिन, भिटामिन, मिनरलजस्ता तत्व आवश्यक पर्छन् । डाइटिङ गर्दा यी तत्व शरीरमा पुग्न पाउँदैनन् । हामीले बिर्सेर पनि तौल घटाउने बहानामा भोकभोकै बसेर स्वास्थ्यलाई चुनौती दिनु हुन्न । तौल घटाउन हामीले केही फरक बिधि अपनाउन सक्छौ । यी तलका केही घरेलु उपायबाट पनि हामी तौल घटाउन सक्छौ जस्ले कुनै पनि साइडइफेक्ट गर्दैन ।

    – कम्तीमा दिनको ४ पटक खाने तर एकदम कम कम खाने बानी बसाउनु पर्छ । बिहानको ब्रेकफास्ट हामीलाई अत्यन्तै जरुरी हुन्छ । बे्रकफास्टमा –फापरको रोटी, जौ, छाली निकालेको दूध, अण्डाको सेतो भाग र पर्याप्त मात्रामा फलफूल खानाले स्लिम बन्न मद्धत गर्छ ।

    – बिहानको खानामा आफनो उचाइ र उमेर अनुसार भात खाने । खानामा हरियो सागसब्जी, पर्याप्तमात्रामा सलाद र केही मात्रामा प्रोटिनयुक्त खानेकुरा खाने । शाकाहारीले दही, तोफू, पनिरलगायतका खाद्यपदार्थ खाने । मांशाहारीले चाहिँ कम तेल राखेर बनाएको कुखुरा र माछाका परिकार खाने । सकेसम्म रातो मासु कम गर्ने । अतः ठिक्कको उमेर तथा उचाइ भएकाहरुले खानामा भात ३० देखि ४० ग्राम खाएमा तौल नियन्त्रण हुन्छ र शरीरलाई आवश्यक तत्व पनि पुग्छ ।

    – खाजाको समयमा विभिन्न फलफूल खाने । भुजा, केराउ वा चनाको तरकारी तथा चिउरा र तरकारी खान सकिन्छ । संभव भएसम्म मोही पिउने र फलफूल खान जोड दिने । हामीमा जुस पिएमा त्यसले फलफूलको काम गर्छ भन्ने भ्रम छ । तर जुसले हाम्रो तौल झनै बढाउने काम गर्छ । फलफूलको फाइबर नै शरीरलाई आवश्यक पर्ने भएकोले पूरै फलफूल काटेर खाने गर्नुपर्छ । जसले तौल पनि घट्छ ।

    – बेलुकाको खाना सक्दो छिटो खाने गर्नुपर्छ । सकेसम्म ६ देखि ७ बजेको समयमा खाना खाइ सक्नुुपर्छ । साँझको खानामा भातभन्दा रोटी बढी खाने गर्नुपर्छ । त्यस्तै खाना खानेबित्तिकै सुत्दा तौल बढ्ने प्रवल सम्भावना हुन्छ । खाना खाएको १/२ घण्टासम्म नसुत्ने, हिँडडुल गर्ने वा अन्य काम गर्नु पर्छ । राति ढिलोमा १० बजे सुत्ने र बिहान उज्यालो हुनुभन्दा एकघण्टा अगाडि उठ्ने बानी बसाल्नुपर्छ ।

    ५० दिनभरीमा कम्तीमा ३ लिटर पानी पिउनु अनिवार्य हुन्छ । पानीको सट्टा जुस र अरु पेय पदार्थ पिएर पुग्दैन , सादा पानी नै पिउँनुपर्छ । पार्टी वा कार्यक्रममा जाँदा ग्रेभी खानेकुरा सकेसम्म कम खाने र त्यसको सट्टा पिस खानेकुरा लिने गर्नुपर्छ । ग्रेभि र मसलादार खानाको सट्टा हामीले सकेसम्म सलाद खान जोड दिने,अल्कोहल र बियरजस्ता पेयपदार्थ सेवन नगर्ने, सकारात्मक सोच राख्ने, सकेसम्म आफूलाई खुशी राख्नेजस्ता बानी बसाल्नुपर्छ ।

    – खाद्य सामग्री किन्न जाँदा पनि फाइबरयुक्त र कम फ्याट भएका खाघपदार्थ किन्ने गर्नुपर्छ । विषेशतः फापरबाट बनेका खानेकुरा खाने गर्नुपर्छ । खानेकुरामा आलु, तरुल, सखरखण्डलगायत गुलिया खानेकुराहरुमा जोड दिनु हुँदैन । चिया तथा कफी खानुपर्दा चिनीको सट्टा भेनिलाको एस्ट्रयाक प्रयोग गरे राम्रो हुन्छ

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…