• काठमाडौ । नेपाली आधुनिक गीत जाग्यो यो मनमा माया जाग्यो बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा (ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो ,भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा ,यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत उनका चलेका गीतहरु हुन । मेरो प्यारो भाई ,जनिजर लगायत आधा दर्जन फिल्मका गीतमा स्वर दिइसकेका छन् ।  महिमा सिलवाल महेश दुधराजलाइृ फिचरिङ गरिएको छ । महेशले महिमालाई जाग्यो यो मनमा माया जाग्यो भनेर भनिएको छ । काठमाडौको आसपासमा खिचिएको भिडियोमा सुन्दर दृश्य देख्न सकिने छ ।

    जाग्यो यो मनमा मायामा अहिलेका चलेनी नायिका महिमा सिलवाल र महेश दुधराजले जिवन्त अभिनय गरेका छन् । महेशले गो गीतमा अभिनय गर्दा निकै रमाइलो भएको बताएका छन् । रमाइलो साँझ, योपल ,जुनि जुनि जस्ता हिट गीतमा अभिनय गरेका महेशले महिमा सिलवालसँग पहिलो पटक अभिनय गरेका हुन । यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको बताए ।

    गीतको म्युजिक भिडियोलाई युवा निर्देशक हरि वाग्लेले निर्देशन गरेका छन् भने रवि कोइरालाले खिचेका हुन । प्रेम शर्मा पौडेलको सम्पादनमा बनेको म्युजिक भिडियोमा छिरिङ ओमु स्याङ्वो रहेका छन् ।

    ९भिडियो सहित ०

    https://www.youtube.com/watch?v=QKcs8Ja3G1E&feature=share

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…