• कपिलवस्तु, आश्विन ५ । आश्विन ३ गते संविधान दिवस । यो अवसरमा देशभर विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ भने कतै विरोधका स्वरहरु पनि सुनिएका छन् । संविधान जारी हुँदा आफ्ना मुद्दालाई न समेटिएको भन्दै केही मधेशवादी दलहरुले यसको विरोध गरे । त्यस्तै कपिलवस्तुमा एक नेपाल हिन्दू राष्ट्रको माग गर्दै संविधान खारेज गर्नुपर्ने भन्दै नेपाल मुक्ति मञ्च र केही हिन्दूवादी संगठनले संविधान जलाएका छन् ।

    उनीहरुले नेपालमा संवैधानिक राज संस्था सहित नेपालमा एक पल्ट फेरि हिन्दू राष्ट्र घोषण गर्न माग गरेका छन् । नेपाल मुक्ति मञ्चका अध्यक्ष श्यामकुमार मिश्रको नेतृत्वमा रहेको विरोधसभामा वर्तमान संविधान खारेजगरी २०४७ सालको संविधानलाई पुनः लागु गर्नुपर्ने माग गरिएको थियो । कृष्णनगरको बस पार्क एवं गोलघरमा गरिएको विरोधसभामा सयौं कार्यकर्ताले संविधान विरोधी नारा लगाएका थिए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…