• काठमाडौं, १९ असोज  । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले दण्डहिनताका कारण बलात्कारका घटना बढ्दै गएको बताउनु भएको छ । पुजिबादका कारण बलात्कारका घटनामा वृद्धि भएको भन्ने गृहमन्त्री रामवहादुर थापाको भनाईलाई कटाक्ष गर्दै नेता कोइरालाले सरकार आफै राज्य, आफै कानुन, जे भन्यो त्यहि हुन्छ भन्ने ढंगले अघि बढेको पनि बताउनु भएको छ ।

    प्रजातन्त्रवादी प्राध्यापक संघ रत्नराज्य लक्ष्मी क्याम्पस ईकाईद्धारा विहिवार आयोजित एक कार्यक्रममा बोल्दै काग्रेस नेता कोइरालाले सुन तस्करीका ठुला माछा पनि नसमातिने बताउनु भएको छ । ‘तपाईहरु ढुक्क हुनुस साना माछा त फुत्किसके ठुला माछा समातिदै समातिदैन’ डा. कोइरालाले भन्नुभयो– जुन बेला सुनतस्करीका ठुला माछा समात्ने कुरा भैरहदा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुभएको थियो ।

    प्रधानमन्त्री संग को को जानुभएको थियो तपाईहरु बुझ्नुस् । उहाको भनाई थियो– उनिहरु चीनबाट प्रधानमन्त्री संग फर्किएनन् तर प्रधानमन्त्रीले फर्किएको भोलीपल्टै प्रतिवेदन के गरे ? यसबाट थाहाहुन्छ सुन तस्करीका ठुला माछा को हो भनेर । यस कारण तस्करीका ठुला माछा नसमातिने उहाको भनाई थियो ।

    कार्यक्रममा काग्रेस नेता कोइरालाले काग्रे नेतृत्वको पनि आलोचना गर्नुभएको थियो । ‘हामि बाट पनि धेरै कमिकमजोरी भएको छ’ कोइरालाले पछिल्लो उदाहरण दिदै भन्नुभयो– सवोच्च अदालतमा प्रधानन्यायाधिश नियुक्तिका सवालमा काग्रेस केन्द्रिय समितिको निर्णय विरुद्ध सभापति शेरवहादुर देउवाले संवैधानिक परिषदमा अर्को प्रधानन्यायाधिश नियुक्ति गर्न हस्ताक्षर गरेर आउनु भएको छ । पार्टीको बैठकमा एउटा निर्णय अनि संवैधानिक परिषदमा अर्को निर्णयमा हस्ताक्षर गर्ने यस्तो पनि हुन्छ ।

    गत निर्वाचनमा काग्रेसले पराजित हुुनुको कारणमा पनि नेतृत्वको कमजोरी रहेको उहाको ठम्याई थियो । काग्रेसले प्रचण्डको छोरीलाई सिट छोडिदियो, उपेन्द्र यादव, महन्त ठाकुर, बाबुराम भट्टराई अशोक राई, विक्रम पाण्डे लगाएतका नेताहरुलाई सिट छोडिदिएपनि काग्रेसलाई कसैले सिट नछोडेको भन्दै कोइरालाले भन्नुभयो– राप्रपा संग काग्रेसले सहकार्य गर्ने अनि राप्रपाका उमेद्वार संग कृष्णप्रसाद सिटौला पराजित हुने । यसले काग्रेसको हविगत के रहेछ भन्ने प्रष्ट भएको कोइरालाको भनाई थियो ।

    विधान संशोधन तथा परिमार्जनका सवालमा काग्रेस नेता कोइरालाले सभापति थप निरंकुश बन्ने गरि बन्न लागेको विधान अस्वीकार्य हुने बताउनु भएको थियो । विधानले सभापतिलाई थप शक्रिशाली बनाउन खोजिदै छ भन्दै उहाले निरंकुशता विरुद्ध लड्ने काग्रेसको विधान सभापतिलाई थप निरंकुशता बनाउने हुदैन । नेपाल समाचारपत्र दैनिकबाट

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…