• दमक /असोज २९




    तातोपानीमा परेर शरिर पिल्सीएकी २ वर्षिया बालीका आस्मा मते को उपचार हुन थालेको छ । झापाको दमकमा रहेको लाईफलाईन अस्पतालले मतेको उपचार निशुल्क गराइदिएको हो । बिभिन्न सामाजीक सञ्जालमा आर्थीक अभावका कारण मतेको उपचार हुन नसकेको खबर सार्वजनिक भएपछि सरोकारवालाहरुले चासो दिएर बिरामीको उपचार संभव भएको हो । गत दँशैको बेला तातो पानीमा परि शरिर पिल्साएकी आश्माको तत्काले उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पताल लगेको र त्यहाँ बिरामी राख्ने बेड नभएपछि तत्कालै धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोपा लगिएको आश्माकी आमा कुमारी मतेले जानकारी दिनु भयो ।

     

    आमा कुमारीका अनुसार घोपाले तत्काल नगद २० हजार जम्मा गर्न भनेको र उक्त रकम आफुँसग नभएकोले उपचार नै नगराई फर्काइएको थियो । मोरङ्गको उर्लावारी १ मा बस्ने मते परिवार निर्माण सम्बन्धि काम गरेर जिबिको पार्जन गर्दै आएका छन् । आर्थीक अभाव भएकै कारण उर्लावारी वडा नं १ का वडा अध्यक्ष मचिन्द्र कुमार कार्कीलाई पटक पटक सहयोग माग्दा समेत बेवास्ता गरेको आमा कुमारीले गुनासो गर्नु भयो ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…