• काठमाडौं ।  'मिटु अभियान'ले सामाजिक सञ्जाल चुलिएको छ । यो अभियान अन्तरगत हलिउडमा समेत भुइचालो गयो ।

    बलिउड उस्तै तातेको छ । राजनीतिक क्षेत्रका ठूल्ठूला नाम यौन उत्पीडनको आरोपले चर्चा पाए । महिलामाथिको यौनहिंसालाई लिएर मै हुँ भन्नेहरु एकाएक खस्केकाछन् ।

    विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले पदबाट हात धुनु पर्यो । पछिल्लो समय प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाबारे अन्लाईन सन्चार माध्यममा समाचार भाइरल भएको छ ।

    उनी यतीबेला रुघा लागेर बेडमा रहेको बताउदै गर्दा अन्लाईन सन्चार माध्यममा समाचरले निकै स्थान पाएको छ । उनी काठमाडौं महानगर पालिकाको मेयर भएका बेलामा जागिर टिकाउन एक संचारकर्मीलाई यौन प्रस्ताव गरेको खुलासा भएको हो ।

    विश्वभर सामाजिक संजालमा सुरु भएको ‘मी टु’ अभियानले नेपालमा पनि प्रवेश पाउने क्रम बढेसँगै यो घटनाले ठुलो चर्चा पाएको छ ।

    रश्मिला प्रजापतीले आफूलाई तत्कालिन अवस्थामा स्थापितले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी हुन् । यो खुलासासँगै न्यूज अभियानले भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितलाई सम्पर्क गरि तपाई काठमाडौं महानगरपालिकामा मेयर रहेको अवस्थामा पूर्व कर्मचारी रश्मिला प्रजापतीले १५ बर्ष अगाडि यौन उत्पीडनको आरोप लगाएकीछन् भनी प्रश्न गरेको थियो ।

    मलाई हचुवाको भरमा बद्नाम गर्ने काम भइरहेको छ । म आज बिमारी छु भोली प्रहरीकोमा जान्छु । साइबर क्राइमको कानुन कडा छ । यसरी साल पनि नमिल्लने गरि बद्नाम गर्न पाइन्छ । दिन तिथि नमिले पनि साल त मिल्नु पर्यो नी होइन ? भन्दै उल्टै प्रश्न गरे ।

    ल यौन उत्पिडनको आरोप आयो रे, २०५४,५५ साल यस्तो केहि त उल्लेख हुनुपर्यो । जागिर खान पाइएन भन्दैमा आरोप लगाउन पाइन्छ । कानुनी उपचारको लागि सल्लाह गर्दै छु । उनले प्रजापतिविरूद्ध कानुनी कारबाही गर्ने तयारीमा छन् ।  म मुद्दामा जान्छु।'  अर्को एक जना महिला पनि यस्तै कुरा गरेको छ रे । म त उसलाई चिन्दा पनि चिन्दिन उनले  यस्तो पो जवाफ दिएकाछन् ।

    यस सम्बन्धमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलसँग पटक पटक सम्पर्क गर्दा उहाँले कुरा गर्न चाहानु भएन । डोरमणि पौडेलका छोरा प्रदिप पौडेलले मोवाइल उठाउदै भने बिहानदेखि उहाँ बैठकमा हुनुहुन्छ । भोली फोन गर्नुहोला भन्दै पन्छिए । हामीले छोरालाई समेत विषय बस्तुबारे केहि जानकारी गराए पछि उनी झन तर्किएका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…