• रुकुमपश्चिम– रुकुम पश्चिमको बाफिकोटमा काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सुरु भएको भलिवल प्रतियोगिता कार्तिक ५ गते रोकिएको भन्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार

    ट्वीट गर्दै प्रश्न गरे – ‘रुकुममा लोकतन्त्र कि कम्युनिष्ट सत्ता ?’

    प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमा आगामी ८ गते पुन प्रतियोगिता सुरु गर्दा रोक्न खोजे ‘उत्पन्न परिस्थिति’को जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

    शर्माको ट्वीटबाट प्रष्ट हुन्छ – खेल रोकिए उक्त जिल्लामा खेलकुदका नाममा भिडन्त हुन्छ ।

    उता, जिल्लास्थित सुरक्षा अधिकारीहरुले पनि प्रवक्ता शर्माले विषयवस्तुको गाम्भियर्ता नै नबुझी त्यस्तो प्रतिकृया जनाएर स्थितिलाई उत्तेजित पार्न खोजेको निश्कर्ष निकालेका छन् ।

    रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमित खड्काले सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै सर्वपक्षीय छलफलबाट काँग्रेस निकट युवा क्लबले आयोजना गरेको प्रतियोगिता सहमतिमै केहि दिन पछि सारिएको बताए ।

    उनका अनुसार काँग्रेस निकट समाजसुधार युवा क्लवले कार्तिक १० गतेदेखि १३ सम्म प्रतियोगिताका लागि स्थानीय प्रशासनसँग अनुमति लिएको थियो ।

    त्यसअघि नै नेकपा निकट प्रगतिशील युवा क्लवले ४ देखि ७ गतेसम्म खेलकुद प्रतियोगिता गर्न स्थानीय प्रशासनसँग अनुमति पाएको थियो ।

    तर, पछि समाजसुधार युवा क्लवले अचानक ३ गतेबाटै कार्यक्रम गर्ने भन्दै स्थानीय प्रशासनलाई अनुमतिका लागि पुन निवेदन दिएको थियो ।

    यी दुवै प्रतियोगिता फरक–फरक स्थानमा आयोजना गरिएपनि १० मिनेटको दुरीमा तय गरिएका थिए ।

    तर, स्थानीय प्रशासनले दशैँको बेला सुरक्षालाई ध्यानमा राख्दै दुई फरक पार्टी निकट संस्थाले एकै दिन आयोजना गर्ने अनुमति दिएन ।

    अनुमति नपाएपछि ३ गते पार्टीको चियापान मात्रै गर्ने भनेर कार्यक्रम तय गर्यो । स्थानीय प्रशासनले चियापान रोक्ने कुरा थिएन ।

    तर, सो  क्लबले  प्रशासनलाई झुक्याउँदै ३ गते भलिवल प्रतियोगिता नै सुरु गर्यो ।

    यता कार्तिक ४ गते प्रगतिशील क्लवको आयोजनामा हुने कार्यक्रमका लागि मन्त्री पनि नै रुकुम पुगिसकेका थिए । जसले गर्दा झडपको स्थिति आउन सक्ने भन्दै सर्वपक्षीय सहमतिमा समाजसुधार क्लवको कार्यक्रम कार्तिक ८ गते पछि हुनेगरी स्थगित गरियो ।

    ‘७ गते प्रगतिशील युवाको कार्यक्रम सकिन्छ, त्यसपछि ८ गतेबाट अर्को कार्यक्रम सुरु हुन्छ । हामीले सुरक्षालाई मध्यनजर गर्दै कार्यक्रम स्थगन गर्न लगाएका हौं । प्रहरी लगाएर रोकियो भन्ने कुरा गलत हो,’ डिएसपी खड्काले बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…