•  

    इटहरी । नेपाल आइडलकी प्रतिष्पर्धी सन्ध्या जोशी सुनसरीको इटहरीमा भएको दुर्घटनाबाट बालबाल बचेकी छिन् । इटहरीमा एक टेलिभिजनले आयोजना गरेको मिस कलेजको कार्यक्रममा सहभागी हुन आएकी सन्ध्या कार्यक्रम पश्चात खानाखान जाँदा रातको १२ बजे कार रोकेर उत्रिने क्रममा एक्कासी बिपरित तर्फबाट आएको मोटरसाईकलले ठक्कर दिँदा सोही मोटरसाईकलमा सवार १ जनाको मृत्यू भएको छ भने चालक सामान्य घाइते भएका छन् ।


    कारमा सबार सन्ध्या जोशी लगायत अन्य ३ भने सकुसल रहेका छन् । इटहरी १७ का कमल घिमिरेले चलाएका को ११ प ८०८५ नम्बरको मोटरसाईकलमा पाछाडी बस्ने २५ बर्षीय उपेन्द्र घिमिरे, मृत्यू भएको प्रहरीले जनाएको छ । चालको अवस्था गंम्भिर रहेका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बा १३ च ३३४१ म रहेका जोशी सहित अन्य ४ जना सकुशल रहेका छन । कार चालक बाबुराम प्रधान घाइतेको उपचारमा संलग्न भएपनि उनी प्रहरीको निगरानीमा रहेको बताइएको छ ।




सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…