• विराटनगरमा रहेको नोेबेल अस्पतालले २० किलोको ट्युमर भएको एक व्यक्तिको सफल शल्यक्रिया गरेको छ । अस्पतालले कानको पछाडि पट्टी भएको २० किलोको ट्युमरको सफल शल्यक्रिया गरेको हो ।

    पत्रकार सम्मेलन गर्दै अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी गराएको छ । अस्पतालका डाक्टर आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको हो ।

    डाक्टर चेरियनले यस्तो शल्यक्रिया कमैको हुने गरेको जानकारी दिनुभयो । उहाँले यस्ता अप्रेशन गर्नको लागि धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यो शल्यक्रिया जटिल प्रकृतिको रहेको उल्लेख गर्नुभयो । यस्ताखालका ट्युमरले हड्डीमा असर गर्ने तथा नसाहरु धेरै हुने र त्यसलाई व्यवस्थापन गर्दै अप्रेशन गरिएको डाक्टर चेरियन बताउनुहुन्छ ।

    विगत ५ वर्षदेखि सामान्य  गाँठो जस्तो देखिएकोमा विगत एक वर्षदेखि गाँठो बढ्दै जाँदा २० किलोको सम्म भएको इस्ताकले जानकारी दिनुभयो । उहाँले एकाएक बढ्दा आफूलाई डर लागेर अस्पताल आउँदा समस्याको रुपमा देखिएपछि अप्रेशन गरिएको बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…