• ०८ कार्तिक,२०७४ (बुधबार)

    १० वर्षे महान जनयुद्धको बलिभेदीमा चढेर पनि नवीन नेपालको सत्ताको कुर्सिमोह नभएका महान नेता कमरेड नेत्रविक्रम चन्द विप्लव ज्यु सुरुवातमा हजुरलाई रक्तिम क्रान्तिका डोबहरु पच्छ्याउदै क्रान्तिकारी अभिवादनको साथमा परिवर्तनको पक्षपाती,क्रान्तिको उच्च समर्थक तपाइकै देशको नागरिक हजुरलाई केही हरफहरु लेख्ने प्रयास गर्दैछु।केही बढ्ता भएमा अन्जान सम्झेर माफ गर्नुहोला है??

    कमरेड हिजो १० वर्षे महान जनयुद्दको कमान्ड लिड गर्दै निरङ्कुस राज्यसत्तालाई पत्तासाफ गर्न बलिभेदीमा चढ्नुभएका हजुर लगायत उनै गुरु कमरेड किरण ,क.प्रकाण्ड ,क.माहिला लामा दाइ लगायत देशविदेशमा छरिएर रहेका ५० लाख युवाहरु सबैलाई समेट्दै तपाइले उध्घोस गर्नुभएको एकीकृत जनक्रान्तिको अब सुरुवात गर्नुहोस,कस्तो तौल र तरिकाबाट अबको क्रान्ती सम्भव छ त? संसदीय भासको अलावा नवीन बिकल्प के हुन सक्छ?

    के एकीकृत जनक्रान्ती सफल हुदा विप्लव कमरेड तपाइलाई नाफा र प्रचण्ड कमरेडलाई घाटा हुने हो र? भनिएको बाम एकता प्रयासको एमाले माओवादी एकताका आश्वासनका मन्चहरुमा ओली र प्रचण्ड अनि बाबुराम एउटै मन्चमा उभिएर गरेका समाजवादको उध्घोस संगैको एकता,संसदीय भासकै अहालमा डुब्दै गरिएको बाम एकताको गन्तव्य बैज्ञानिक समाजवादले तपाइलाई घाटा र प्रचण्डलाई नाफा हुन्छ र?

    हिजो त्यत्रो युगिन परिवर्तनको लागि मृत्युलाई हत्केलामा बोकेर निरङ्कुस राज्यसत्ता बिरुद्द लड्ने तपाईं र प्रचण्ड अनि वैद्य कमरेडहरुको एकता बिना हामी नेपालीले क्रान्तिको फल चाख्न पाइहाल्छौं त? या पुन: हिजोकै जस्तो पाटे ड्रेस लगाएर अतिवाद र धोखेवाजहरुका औला काट्न निस्कनु पर्छ कमरेड ?

    ठोस सन्देश जनतामा दिनुहोस कमरेड !! हिजो भारतको नयादिल्लिको लालगेटको चौर भित्रको लाल दरबार परिधिभित्र गरेको हस्ताक्षरित १२ बुंदे सम्झौतामा किन हाताक्षर गर्नुभो ? अनि आज संसदीय भास बिरुद्द बिभक्त कुन हुनुभयो कमरेड ???? १० वर्षे महान जनयुद्द सम्झौतामा टुङ्गिए पश्चात् हजारौं जनमुक्ती सेनाहरु खाडिमा पलायन भएर पसिना बेचिरहदा उहाहरु पसिनामय भएर माओवादी आन्दोलन र मिसनको पक्षमा कलम चलाइरहदा हजुर अझै पनि बन्दुकको नाल बाट अर्को राज्यको सपना निर्माण गर्न जाँदै हुनुहुन्छ या बार्ताबाट संसदीय भासको अन्त्य गर्न आफ्नै तत्कालीन सर्वोच्च कमान्डर प्रचण्ड सग एकताको लागि हात अगाडि बढाउनुहुन्छ कमरेड ???? हामिले अनुभुती गरिरहेका छौं,हाम्रो रगत तातिरहेको छ,हामिले दारा किटिरहेका छौं,हामिमा आक्रोशको ज्वाला दन्किदो छ ,हिजोका युद्दका सुराकी र जासुसी आजको ऐतिहासिक निर्वाचन पछि नया सिंहदरवारका हाकिम,हर्ताकर्त ा र मन्त्रालयका मन्त्री हुदा हामी पनि अत्यन्तै दुखित छौं।

    संसदीय व्यावस्थाले व्यावस्थाको नाम फेर्यो ,राजा मात्रै हटायो तर उहीँ पुरानो अनुहारलाई नया नेपालको राज्यसत्ताको पार्टनर र मालिक बनाइरहदा हामी देशैभरका देशभक्त ,क्रान्तिकारी युवाहरुको मुठ्ठि कस्सिदैछ ,आक्रोशलाई शक्तिमा बदल्ने हिम्मतहरु भरिदैछन,अब भन्नुस तपाइको मार्गनिर्देशन के हो? सबै राजनितिक दलको एउटै एकता बाट एक प्रदेश एक दल र एकात्मक सत्ताको आवश्यकता पो यो देशको माग पो हो कि कमरेड ???

    कमरेड विप्लवको एउटा दल,कमरेड वैद्यको अर्को दल अनि अन्य कमरेडको अर्को अर्को दलले हामी कहिले मजबुत र शक्तिशाली बन्न सक्छौं कमरेड ???? ती सहिदका बुवा,ती सहिदकी मुमा,तिनै सहिदका पत्नी र छोराछोरीहरु आज गरिबिको ब्ल्याङ्केट ओढ्दैछन भने तिनै सहिदका सन्ततीहरु परनिर्भरताको पासपोर्ट सहित काठको बाक्सामा प्लास्टिकले प्याक गरेर स्वदेशको आर्यघाटमा जल्न आइपुग्दा किन तपाईं हाम्रा मनहरु जोडिएनन कमरेड ??

    किन हामी आफ्नो देश भित्र आफै गुटबन्दी गर्दै बाहिय दुश्मनलाई सुअवसर दिई रहेका छौं कमरेड ???? हामी चाहन्छौं हिजोका वैद्य कमरेडहरु ,हिजोका विप्लव कमरेडहरु र हिजैका प्रचण्ड कमरेडहरुको नेतृत्वमा यो मुलुकको दीर्घकालीन सत्ता स्थपित होस।

    हामी चाहन्छौं बाबुराम भट्टराईको स्पष्ट दृष्टिकोण अनि मात्रै हामिले हाम्रो क्रान्तिको उज्यालो पाउनेछौं कमरेड आम जनताले परिवर्तनको नाम मात्रै सुने तर परिवर्तनको ज्योतीको अनुभुति गर्न पाएनन, अब पनि तपाइँहरु बिच क्रान्तिकारी ध्रुवीकरण हुदैन भने बिबिध विडम्बना संगै सहिद,बेपत्ता,घाइते,अपाङ्ग र यो मुलुकको समृद्दिका शुभचिन्तकहरुलाई अन्याय हुनेछ कमरेड अन्त्यमा,हामी चाहन्छौं हाम्रा असहमति र असन्तुष्टिहरुको एकता,हाम्रा एउटै सपनाहरुको एकता अनि मात्रै हामि विश्वलाई नेपालबाट क्रान्तीको सन्देश प्रवाह गर्न सक्षम हुनेछौं कमरेड विप्लव ज्यु अन्यथा,तं रोए जस्तो गर,म कुटे जस्तो गर्छु ले त नेपाली जनताको ढाडमा दाल दलिरहनेछ,जनताको पसिना पिएर तृप्त हुनेहरुको माहोल पो शक्तिसम्पन्न हुनेछ।त्यसपछि नेपाली जनताले मुक्तिको आभास गर्न पाउने छैनन। लालसलाम कमरेड,बाकी हजुरको जबाफ पछि ……………



    उहीँ क्रान्तिको शुभचिन्तक र समर्थक लक्ष्मण चौलागाईं "भारद्वाज" भोटेचौर,सिन्धुपाल्चोक हाल: जोरपाटी ,काठमाडौं ,नेपाल

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आज महिला जागरुक हरिकिर्तन समूह र सङ्गीनी समूहको संयुक्त …

मोरङ । साहारा भेट्रान एफसीलाई १—३ गोल अन्तरले पराजित गर्दै विराट भेट्रान बिराटचोक मोरङको पथरीशनिश्…

मोरङ । कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्ताबहादुर ल…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम वडा अध्यक्ष भेट्रान पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता—२०८१ आज…