• October 26, 2017

    ओम डेभलपमेन्ट बैंक लि. र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीबीच सम्झौता भएको छ । दुई बैंकले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दीगो आर्थिक विकास कार्यक्रम (Sustainable Economic Development in Rural Areas, Nepal) अन्तर्गत कर्जा लगानी गर्नको लागि सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौतापत्रमा  अर्थ मन्त्रालयको तर्फबाट सह–सचिब लाल बहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक उपेन्द्र पौडेल, ओमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र केएफडब्लु डेभलपमेन्ट बैंक लि.को प्रतिनिधिले हस्ताक्षर गरे ।

    सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ । उक्त कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि १ मिलियन युरो रकम सहयोग उपलब्ध गराउनेछ ।

    केएफडब्लु जर्मनको सबैभन्दा ठुलो सरकारी डेभलपमेन्ट हो जसले बिगत ३ बर्षदेखि बिभिन्न चरण अन्तर्गत बैंकको स्थलगत निरिक्षण तथा बित्तीय बिवरणहरुको अध्ययन गरे पश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको हो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …