• काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले तपेश्वर माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने बताउनुभएको छ ।


    रिपोर्टर्स क्लब नेपालमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले विभिन्न बहानामा नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाउनुभयो ।

    नेविसङ्घले ढकालको पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…