• अर्जुन जम्नेली राई

    काटमाडौं । मानवअधिकार कर्मी, प्रजातान्त्रिक तथा उत्पीडित समुदायको अधिकार लागि जीवनभर संघर्ष गरेका पद्मरत्न तुलाधरको कार्तिक ३० गते बसन्तपुरमा बृहत श्रद्धाञ्जाली सभाहुने भएको छ । श्रद्धाञ्जाली सभाको लागि डा. ओम गुरुङ, डा. विजय शैजु, दुर्गा राई लगायत ७३ सदस्यीय सभा आयोजक समिति गठन भएको छ । सभा बसन्तपुरमा विहात ८ बजेदेखि हुने आयोजक समितिका सदस्य दुर्गा राईले बताए ।

    त्यसैगरी पद्मरत्न तुलाधरले मानवअधिकार, प्रजातान्त्रिक आन्दोलन, वाम आन्दोलन, भाषिक र उत्पीडित वर्ग समुदायमा पु¥याएको योगदानको कदर गर्दै ‘पद्मरत्न तुलाधर स्मारिका’ प्रकाशन हुने भएको छ । तुलाधर आदिवासी जानजाति राष्ट्रिय आन्दोलनको केन्द्रीय संयोजक थिए । राष्ट्रिय आन्दोलनले स्मारिका प्रकाशन गर्ने प्रवक्ता डा. ओम गुरुङले बताए ।

    आन्दोलन समितिको आयोजनामा हिजो (मंगलबार) भएको छलफलले स्मारिका निकाल्ने निर्णय भएको सो संगठनले जनाएको छ । छलफलमा आदिवासी जनजाति अधिकार कर्मी आङ्काजी शेर्पा, डा.विजय शैजु, दुर्गा राई, विशेन्द्र चेम्जोङ, शान्ति राई लगायतको सहभागिता रहेको थियो । पञ्चायत विरुद्धको आन्दोलन सक्रीय तुलाधर २०४८ र ०५१ मा प्रतिनिधि सभा सदस्य भएका थिए । उनी २०५१ मा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए ।

    माओवादी जनयुद्ध ताका तत्कालीर सरकार र माओवादीवीच मध्यस्तताको भूमिका खेलेका तुलाधर गणतन्त्र आन्दोलनको घोर पक्षपाति थिए । नयाँ संविधान घोषणा भएपछि उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समतिको संयोजक भएर जीवनको अन्तिम क्षणसम्म अधिकारकै लागि लागिरहेका थिए । तुलाधरको ७६ बर्षको उमेरमा कार्तिक १८ गते निधन भएको थियो । तुलाधरलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्ठि गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…