• ओम आचार्य

    विराटनगर  / कोइराला परिवारको कर्म थलो विराटनगर अझ त्यसमापनि कोइराला निवास परिशरमा नेपाली कांग्रेसका त्रय कोइराला डा. शशांक कोइराला  , सुजता कोइराला र डा. शेखर कोइराला ले यौटै श्वरमा हामी तिन एक छौ हिजो पनि थियौ आज पनि छौ र भोलि पनि हुने छौ हाम्रो एकतामा कुनै भ्रम संका द्विविधा छ भने त्यो अव हटाउनुस भन्दा उपस्थित जनसमूह मा भिन्दै रौनक़ र उर्जा देखिंएको थियो ।

     जे पी फ़ाउन्डेशन ले आज हामिलाइ एकै ठाउमा त्यो पनि विराटनगर जुटाएँको छ वि पी को समाजवाद आज भन्दा ७० वर्ष अगाडी को भएको हुदा समय र परिस्थिति अनुसार त्यस्लाइ परिमार्जित र परिस्कृत गर्ने ज़िम्मा अव हामी तिनको काँधमा आंएको वताउदै डा शेखर कोइराला ले अवको राष्ट्रीयता भने को हिमाल देखी तराइ सम्म वसोवास गर्ने जनता मा निहित रहेको उल्लेख गर्दै अहिले मुलुकमा प्रहरी प्रशासनको उपस्थिती सुन्य रहेको अवस्थामा यो सरकारको अव सेनामा गिंध्दे दृष्टि रहेको छ भन्नु भयो , मुलुक मा अहिले सवै पाटी मा गुट उपगुट ले पाटी कमजोर रहेको अवस्था गिरिजा प्रसाद कोइरालाकै रणनीति "सहकार्य सहमती र एकतावाटै "मात्र विकास र सम्वृध्दी सम्भव रहेको कुरा डा शेखर ले  याहा उदघाटित गर्नु भयो । नेपाली कांग्रेसका कार्यकर्ताहरुमा निराशा सुस्ताता आउन नदिन समयमै महासमीति र महाअधिवेसन गर्नु पर्छ जिता हार जे भएपनि यस्ले कार्यकर्तामा उत्साहा र उर्जा दिदै पाटीलाइ जीवन्त राख्छ डा शेखर कोइराला को भनाइ रहेको थियो । 

    अव हामीले वैमनस्यता तिक्तता मतैक्यता छ भने अव हटाउनु पर्छ मोरंग पाटी सभापती ले पनि पटक पटक यस कुरालाइ स्पस्ट रुपमा भन्दै आउनु भएको छ ।

    प्रदेस १ को जे पी फ़ाउन्डेशन कार्यलयको उदघाटन एव गिरिजा प्रसाद कोइरालका चित्रहरुको प्रर्दसनी सभाका तिन कोइराला प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा नेका महामन्त्री डा . शशांकले कोइराला परिवारमा त्यागको भावना रहेको र हामी तिन मध्ये सहमती मै हामी एक अर्का का लागी त्याग गर्न तयार छौ भन्दै विपी ले पनि दांग र काठमांडू मा अवको प्रधानमन्त्री परशुनारायण चौधरी भन्नु भएर गर्नु भएको त्याग हाम्रो रगतमा पनि छ भन्दै तपाइहरु निस्चित रहनुस हामी तिन मा एक हुन्छौ डा शशांक ले गिरिजा प्रसाद विराटनगर आएर महत्वपुर्ण निर्णय किन लिनु हुन्ंछ आज यसकुराको वोध भएको भन्दै याहा आउदा उर्जा प्राप्त हुदो रैछ उपस्थित जनसमुह लाइ हेर्दै उक्त भनाइ रांख्नु भएको हो। डा शशांक ले देशमा अहिले ६० प्रतिशत ४० वर्ष मुनिका युवा रहेको तथ्यांक दिदै हामी ले युवालाइ विदेस पलायन गर्न निरुत्साहित गर्दै युवा लांइ यही आकर्षित गर्ने नीति वनाउनु पर्छ युवा ले हामी मांथि भरोसा गरेका छन भन्नु भयो 

    इन्दिरा थापाको अध्य़तामा भएको उक्त कार्यक्रममा जेपी  फ़ाउन्डेशन का केन्दिय अध्यक्ष सुजता कोइरालाले गिरिजा प्रसाद कोइराला ले शशस्त्र द्वन्दमा रहेको माओवादी लाइ त सहमती सहकार्य र एकता ल्याउनु भयो भने हामी तिन मा पनि त्यो एकता छ र यै एकताले पाटी सुद्रिढ हुनेछ भन्नु भयो ।

               पुर्व काग्रेस का आसलाग्दा बाबुराजा ओझा लाइ त्रय कोइरालवाट पाटी प्रवेस समेत गराएका थिए र विच विचमा गायन र नृत्य समेत रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्याल , आमन्त्रित के स हर्सद अन्सारी मोरंग पाटी सभापती डिग वहादुर लिम्वु  , राजिव कोइराला लगायतहरुको सम्वोधन रहेको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…