काठमाडौ । गत कात्तिक १७ गते निधन भएका मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको श्रद्धाञ्जली तथा शोकसभाको गरिएको छ ।
आदिवासी जनजाति महासंघ ,नेवाः दय् दवु,राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,आदिवासी जनजाति युवा महासंघ लगायत आधा दर्जन संघ संस्थाले काठमाडौं खुशिवुमा तुलाधरको फोटोमा फुलमाला तथा खादा अर्पण तथा मौनधारन गरेर शोकसभा गरे ।
कार्यक्रममा सहभागि वक्ताहरुले तुलाधर नै धर्मनिरपेक्ष तथा पहिचानको अग्रणी बताएका छन् ।
तुलाधर निष्ठावान र परिवर्तनको पक्षमा रहेकै कारण विशिष्ट भएको भनाई थियो ।
नेपालमा राणाशासन, राजतन्त्र, पञ्चायत, बहुदल हुदैँ परिवर्तनको निम्ति भएको हरेकजसो आन्दोलनहरूको सारथी साँक्षी प्रत्यक्षदर्शी, अभियन्ता, आदिवासी समुदायको हक, अधिकार र पहिचानको निम्ती भएको आन्दोलनहरुको नेता स्व.पद्मरत्न तुलाधरको शोक सभामा बाक्लो सहभागिता रहेको थियो ।