बुटवल । गायक जीवन शर्माको नाम किसान, मजदुर, गरिबका गीत गाउने गायकको परिचय बनेको छ । अझ वर्गीय उत्थानका गीत ४ दशकदेखि निरन्तर गाउँने नाम पनि हो ।
शर्माले एक हजारभन्दा धेरै गीत रेकर्ड गराएका छन् । दर्जनौं गीत डायरीमा लेखेका छन् । ती गीत रेकर्ड गर्न भ्याएका छैनन् । गीतको डायरीले एउटा बाकस भरिएका छ । बाकस काठमाडौँ घट्टेकुलमा रहेको शर्माको डेरामा अड्डा जमाएर बसेको छ ।
५८ वर्षीय जनावादी गायक जीवन शर्माका चर्चित गीतहरू अहिले बजारमा पाइन्छन् ।
सञ्चार माध्यमबाट पनि घन्किन्छन् । अझ गाउँ सहर र देश विदेशका कार्यक्रममा जनवादी गायक जीवन शर्माका गीत निरन्तर दोहिरहेका छन् ।
शर्मा काठमाडौंको घट्टेकुलोस्थित डेरामा भेटिँदैनन् । न जन्मघर बाग्लुङ जिल्लाको राङखानीमा भेन्छिन् । बरु ठाउँठाउँमा हुने कार्यक्रमा भेटिन्छन् ।
उनलाई रक्तिम सांस्कृतिक अभियान गरेको कार्यक्रममा बुटवलमा हामीले भेटाएका थियो ।
तिहारको अवसरमा यहाँ भएको कार्यक्रम बीचमा आधा घण्टा समय निकालेर हामी