• इलाम, ३ मङ्सिर  । यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन ।
    विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ ।

    सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनासो छ । राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरुपता नहुनाले बढी समस्या भएको ग्रीन हिल अर्थोडक्स चिया प्रशोधन उद्योग साखेजुङका टंक दाहाल बताउनुहुन्छ ।

    “मार्केट हेरेर मात्र हाम्रो उत्पादनको मूल्य निर्धारण गरिन्छ । कसरी त्यसो भएपछि चियाको उचित मूल्य पाइन्छ”, दाहालले भन्नुभयो, “यति मात्र होइन उद्योग सञ्चालन गरेको समयमा बत्ती पनि हुँदैन ।
    सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । त्यही कारण मूल्यमा एकरुपता नभएकाले चिया उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ । भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योलता देखिएको छ । सरकारसमक्ष पटकपटक आग्रह गर्दासमेत चियाको मूल्य निर्धारण हुन नसक्दा कम मूल्यमा बेच्नुपर्ने गरेको सहकारी संस्थाका विष्णुप्रसाद दुलालले बताउनुभयो ।

    यस्तै पछिल्लो समय श्रमिकलाई ऐनअनुसार चिया उद्योगले ज्याला नदिएका कारण समस्या आउन थालेको छ । केही समयअघि मात्र सरकारले श्रम ऐन संशोधन गरेर श्रमिकको पारिश्रमिकसमेत बढाएको छ । तर उद्योगले दिने पारिश्रमिकको भने कुनै सङ्घसंस्थाले अनुगमन नगर्दा धेरैजसो श्रमिक ज्यालाबाट ठगिने गरेका छन् ।

    विकल्प नभएपछि काममा जानुपर्ने तर कामभन्दा पनि मानिस हेरेर ज्याला दिने कारण अधिकांश श्रमिकले उचित पारिश्रमिकसमेत नपाउने गरेको उज्यालो कृषि सहकारी संस्थाका विष्णुप्रसाद दुलालको भनाइ छ ।

    इलाममा करीब चार करोड पाँच लाख किलो चिया उत्पादन हुने गरेको छ । नेपालका ७७ जिल्लामध्ये १४ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …