• काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका झापाका मुख्य सहयोगी (दाहिने हात) नै काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा तीन पटकसम्म गाविस अध्यक्ष बनिसकेका र गाउँ विकास समिति राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत बनिसकेका पदम गौतम काँग्रेसमा प्रवेश गरेका हुन् ।

    उनलाई काँग्रेसका शीर्ष शीर्ष नेताहरु, झापा गृह जिल्ला भएका काँग्रेसी नेताहरुका साथमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले काँग्रेसमा प्रवेश गराएका हुन् । साविकको तोगाछी गाउँ विकास समितिका उनीसँगै पदम बहादुर पौडेल, दिपक खड्का, मनोहर पौडेल, रुपा पौडेल, फडिन्द्र खडेका लगायतका एमाले नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

    निर्वाचनको मुखैमा यी नेताहरुको काँग्रेस प्रवेशले काँग्रेसलाई झापामा केही सहज हुने भएको छ भने आफ्नो सहयोगी गुमाउँदा एमाले अध्यक्ष ओलीलाई भने ठूलो झड्का लाग्ने देखिन्छ । बाम गठबन्धनमा माओवादीसँग कुम मिलाएपछि एमालेका असन्तुष्ट नेता तथा कार्यकर्ताहरु भने काँग्रेस तिर प्र्रवेश गर्न थालेका छन् ।

    उक्त पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौला, निवर्तमान सांसद् केशव कुमार बुढाथोकी, सुदीप शिवाकोटी, सविता प्रसार्इँ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…