• काठमाडौँ, ९ मङ्सिर : नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो ।

    पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताउनुभयो । “दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसङ्घको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो,”–उहाँले भन्नुभयो ।
    नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसङ्घको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नु परेको बताउनुभयो ।

    नेविसङ्घको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मङ्सिर १ गते बसेको बैठकले नेविसङ्घको समयावधि दुई महिना थप गरेको छ ।
    यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको काङ्ग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…